कृषिमा आधारित उद्यम लक्षित कार्यक्रम गरिने
विराटनगर । प्रदेश १ मा कृषिमा आधारित उद्यम लक्षित एक्सिलेटर कार्यक्रम संचालन हुने भएको छ । उक्त कार्यक्रम पाँच महिनासम्म संचालन हुनेछ ।
सरकारी तथा निजी वैकल्पिक कोष व्यवस्थापक अध्यान्त र स्वीस कन्ट्याक्ट अन्तर्गत सञ्चालित सहज–एनएएमडीपीको साझेदारीमा उक्त कार्यक्रम संचालन हुन लागेको हो । कार्यक्रमलाई प्रदेश १ को लगानी प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ सँगको सहकार्यमा कृषि उद्यम लक्षित कार्यक्रम सञ्चालन गरिने छ ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष एवं केन्द्रीय सदस्य राजेन्द्र राउतले यो कार्यक्रम संचालन गरेर कृषि व्यवसायमा संलग्न उद्यमीको क्षमता बृद्धि गर्ने, लगानी पहुँच विस्तार गर्ने लक्ष्य रहेको बताए । विराटनगरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश १ लाई कृषिको औद्योगीकरणका लागि लगानी आकर्षित गरेर सम्भावनालाई अवसरमा बदल्ने प्रयास गरिने बताए ।
कृषिमा आधारित उद्यमीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि आवश्यक स्रोत–सामाग्री र व्यवसायिक परामर्श प्रदान गरी लगानी योग्य बनाउन कार्यक्रमले सहयोग गर्ने अध्यान्तका संस्थापक मनोज पौडेलले जानकारी दिए ।
आवेदकमध्येबाट १० वटा उद्यमीहरुलाई छनौट १२ हप्ताको पूँजी, बजार पहुँच, र प्राविधिक लगायतका आन्तरिक चुनौति केन्द्रित परामर्श प्रदान गरिनेछ । सम्भावना देखिएका कृषि–उद्यमीहरूसँग विज्ञ तथा उद्योगीसँग सम्पर्क गराईने छ । जसले कृषि उद्योग विस्तारमा लगानी गर्ने बाटो खोल्ने लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा.सरोज कोइरालाले बताए ।
कृषि उद्यमका क्षेत्रमा क्रियाशिलहरुले माघ ४ गतेदेखि १८ गतेसम्म आवेदन दिनसक्ने छन् । अनलाइनमार्फत वा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र तोकिएका अन्य स्थानबाट समेत ईच्छुकलाई आवेदन दिने सुविधा दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण