सरकारी गोदाममा युरिया, किसानले पाएनन्
सरकारले भारतसँग जीटूजी प्रक्रियामार्फत खरीद गरेर ल्याएको युरिया मल सरकारी गोदाममा थन्किँदा किसानले गहुँ बालीमा ‘टप ड्रेसिङ’ गर्न पाएका छैनन् । सरकारले ल्याएको तीन र्याक युरिया मल वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा आइपुगेको करीब एक साता भइसकेको छ । बाँकी मल आउने क्रममा छ । सरकारसँग मल मौज्दात भए पनि आफूहरूले नपाएको गुनासो किसानले गरिरहेका छन् ।
जीटूजी प्रक्रियाबाट पहिलो खेपमा भारतले दिएको ३० हजार मेट्रिक टन युरियामध्ये सोमवारसम्म तीन र्याक वीरगञ्ज आइपुगेको छ । अरु जोगबनी आइपुगेको कृषि सामग्री कम्पनी लिमिटेडका कामु प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार कम्पनीमा व्यवस्थापन टिम नयाँ आएकाले भर्खरै आइपुगेको मलको विक्रीवितरण खोल्न केही समय लागेको हो । विक्रीवितरण खोल्न ढिलो हुँदा किसानले नपाएको उनले स्वीकार गरे ।
सरकारले मल ल्याएर राखे पनि आफूहरूले गहुँबालीमा टप ड्रेसिङ गर्न नपाएको सप्तरीका अगुवा किसान भुवनेश्र यादवले गुनासो गरे । ‘सरकारले धमाधम युरिया मल भित्र्याइरहेको खबर सुनेका छौं तर गहँुबालीमा हाल्न गाउँमा कोही पनि किसानले पाएका छैनन्,’ यादव भन्छन्, ‘यति बेला युरिया हाल्न नपाए उत्पादन राम्रो हुँदैन । किसान दिनहुँजसो सहकारीमा पुगेर फर्किन्छन् । सहकारीमा पनि मल छैन ।’ यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोपाइँः हिलोबाट भातसम्म
-
‘असारै मासको रिमझिम पानी, हिलोमा हरायो हाम्रो त जवानी’ (तस्बिरहरू)
-
राष्ट्रियसभाको अर्को बैठक बुधबार बस्ने
-
१ प्रतिशत शुल्क प्रस्तावको चौतर्फी विरोध, मन्त्रालय भन्छ, ‘सच्याउँछौँ’
-
नेप्से परिसूचक १६.५४ अंकले गिरावट, कारोबार रकम पनि २ अर्ब ६७ करोड मात्रै
-
१३ अर्ब कमाइरहेको गण्डकीले तीन वर्षमै कटाउला २० अर्ब ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण