रक्षा मन्त्री उप्रेती रेखाको फिल्म ‘लंका’का डिआइजी
काठमाडौंँ । नेपाली फिल्म क्षेत्रबाट पनि राजनीतिमा उपस्थिति बाक्लिँदो छ । पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नवगठित सरकारको रक्षा मन्त्री बनेका हरि उप्रेती नेपाली फिल्मका कलाकार पनि हुन् ।
धेरैले याद नगरेको हुनसक्छ । उनले फिल्म ‘लंका’ अभिनय गरेका छन् । उनी सुपरस्टार निखिल उप्रेतीका दाइ पनि हुन् ।
‘लंका’ श्याम भट्टराइको निर्देशन रहेको फिल्म हो । रेखा थापा र किशोर खतिवडाको मुख्य भूमिका रहेको फिल्ममा उप्रेतीले डिआइजीको भूमिका निर्वाह गरेका थिए । फिल्मको ओपनिङ सिनमै उनलाई डिआइजीको बर्दीमा देख्न सकिन्छ । अभिनेता किशोर खतिवडा फिल्ममा इन्स्पेक्टरको भूमिकामा थिए । किशोरसँग उनको फिल्ममा लामै संवादको दृश्य छ ।
उनलाई डिआइजीको भूमिका निर्देशक श्याम भट्टराइले नै गरेका थिए । फिल्मको अभिनय मात्र होइन, डबिङ समेत उनी आफैले गरेका बताइन्छ ।
फिल्म ‘लंका’ सर्लाहीको हरिवन, बागमती क्षेत्रमा पनि छायांकन भएको थियो । उप्रेती त्यही क्षेत्रका परिचित राजनीतिज्ञ हुन् । फिल्म निर्माण समय उनी सांसद भैसकेका थिएनन् । पार्टीगत राजनीतिमा भने होमिएका थिए ।
‘लंका’ पछि भने उनले फिल्ममा काम गरेका छैनन् । फिल्मका कलाकार मन्त्री बन्ने भएको उनी पहिलो व्यक्ति हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण