सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

रुपन्देहीका तत्कालीन नापी अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बिहीबार, ०५ माघ २०७९, १५ : २७
बिहीबार, ०५ माघ २०७९

रुपन्देही । अख्तियार दुरुपयोग आयोगले नापी कार्यालय रुपन्देहीका तत्कालीन नापी अधिकृत घनश्याम दुवे, सर्वेक्षक ठाकुरप्रसाद गुरौसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले उनीहरुविरुद्ध सरकारी कागजात सच्याउने कार्य गरी भ्रष्टाचार गरेको सम्बन्धमा विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा रुपन्देहीको साबिक सेमलार गाविस वडा नं २ ग, कि नं ३४८३ को ११ धुर क्षेत्रफल खरिद गरेकोमा जग्गाधनीको कुनै अनुमति र जानकारी बिना नापी कार्यालयका कर्मचारीहरूले पछाडिको मोहडा पट्टिबाट ३ धुर क्षेत्रफल जग्गा उक्त कित्ताबाट हटाई नक्सा परिवर्तन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनीहरू दोषी देखिएको आरोप छ ।

विज्ञप्तिमा नापी अधिकृत घनश्याम दुवे र सर्वेक्षक ठाकुर प्रसाद गुरौले रुपन्देही जिल्ला, साबिक सेमलार गाविस वडा नं २ग, किनं ३५९४ कित्ताकाट गरी किनं ४१९१ र ४१९२ कायम गर्दा किनं ४१९१ लाई किनं ३४३४ र किनं ३५८८ को बीचमा घुसाई किनं ३४८३ को क्षेत्रफल घटाई नक्सा परिवर्तन गरी सरकारी निकायको कागजातमा अनधिकार वा गैरकानूनी तरिकाले सच्याउने वा हेरफेर गर्ने कार्यलाई प्रमाणित गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको हुँदा निजहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कैद र जरिवानाको माग दाबी लिइएको उल्लेख छ ।

यसैगरी, बुटवल १३ बस्ने शक्तिप्रसाद सापकोटा र पुष्पा सापकोटाले आफूहरूले फाइदा लिने उद्देश्यले किनं ३४८३ को क्षेत्रफल घटाई नक्सा परिवर्तन गर्ने कार्यमा सहयोग गरेको देखिँदा निजहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसूरको मतियार भई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुर गरेकोले निजहरू शक्ति प्रसाद सापकोटा र पुष्पा सापकोटालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम मुख्य कसूरदारलाई हुने सजायसरह सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप