बेमौसममा पनि खुम्बुमा पर्यटक
सोलुखुम्बु । बेमौसममा पनि सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटक भित्रिएका छन् । विगत तीन दिनको अवधिमा ९५ जना पर्यटक खुम्बु भित्रिएका हुन् । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्कानुसार माघ १ देखि ३ गतेसम्ममा ९५ पर्यटक खुम्बु प्रवेश गरेका हुन् ।
तीन दिनको अवधिमा विदेशी नागरिक ६८, सार्क राष्ट्रका तीन, नेपाली दुई, भरिया १८ र चार जना पथप्रदर्शक खुम्बु भित्रिएको निकुञ्का प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्ययले बताए । उनीहरूबाट रु दुई लाख १५ हजार १५० राजस्व सङ्कलन भएको उनको भनाइ छ ।
बेमौसम र चिसोका कारण यतिबेला खुम्बु क्षेत्रका अधिकांश होटल व्यवसायी जिल्ला बाहिर छन् । यस वर्ष हिउँ नपरेका कारण मौसम सफा भएकाले पनि केही पर्यटक बेमौसममा पनि खुम्बु भ्रमणमा आउने गरेको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए । हिउँ नपरेका कारण यस वर्ष पदमार्ग पुरिने र चिप्लने समस्या नरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण