शनिबार, २१ माघ २०७९
ताजा लोकप्रिय

घामले डढ्दा ‘आत्महत्या’ गर्छन् शरीरका कोशिका

शुक्रबार, ०६ माघ २०७९, १६ : ३३
शुक्रबार, ०६ माघ २०७९

चिसो मौसममा धेरैले घाम ताप्ने गर्छन् । कलिलो घाम ताप्न त मज्जा नै आउँछ तर चर्को छ भने त छाला डढेर हैरान हुन्छ । अर्थात्, चर्को घामले छालाको रङ नै फेरिदिन्छ जसलाई हामी ट्यानिङ भन्छौँ । तर के तपाईँलाई थाहा छ, वास्तवमा यो एक प्रकारको रेडिएसन बर्न हो ?

सूर्यको किरण एक प्रकारको इलेक्ट्रोम्याग्नेटिक रेडिएसन हो जुन सँग रेडियो वेभ्स, माइक्रोवेभ्स र रेडियोएक्टिभ वेभ्स पनि आउँछन् । अन्तरिक्ष हुँदै जब सूर्यको प्रकाश पृथ्वीमा पुग्छ, तब वेभलेन्सको आधारमा यसको रेडिएसन अल्ट्राभोयलेट ए र अल्ट्राभोयलेट बी हुने गर्छ ।

घामबाटै शरीरका लागि आवश्यक पोषक तत्त्व भिटामिन डी बन्छ तर धेरै त अमृत पनि विष हुन्छ । चर्को घाम यूभीए रेडिएसनबाट नै बन्ने गर्छ जसमा बढी हानिकारक यूभीए किरणको तुलनामा कम ऊर्जा हुन्छ ।

यूभीए किरणबाट डढ्ने सम्भावना कम हुन्छ तर यो छाला हुँदै शरीरमा गहिराइसँग प्रवेश गर्न सक्छ र बिस्तारै छालालाई हानी पुर्‍याउँछ । जबकि यूभीबी किरणमा ऊर्जा बढी हुन्छ जसले छालालाई तत्काल क्षति पुर्याउन सक्छ ।

sunburn1घामले छालालाई कसरी हानी पुर्‍याउँछ ?

युभी विकिरणमार्फत् छालाका अणुहरू–जस्तै डिएनए, फ्याट, प्रोटिन आदिमा ऊर्जा जान्छ । यसले छालालाई हानी पुर्‍याउँछ । यी अणु, जुन पहिलेदेखि नै मिलेर बसिरहेका छन्, यसले ऊर्जालाई अवशोषित गर्छ । यदि अणुले बढी ऊर्जा अवशोषित गर्छ भने यसलाई एकसाथ राख्ने बन्ड टुट्न सक्छ र यसको आकार फेरिन सक्छ ।

युभी विकिरणले डिएनएलाई पनि हानी पुर्‍याउँछ । डिएनए एक विशाल अणु हो र निकै नाजुक पनि । जब डिएनएको एक अणु एक कोशिकामा हुन्छन् तब यो एक जिप जस्तो देखिन्छ । यसमा दुई स्ट्यान्ड हुन्छन्, हरेक स्टयान्डले विपरीत दिशामा सम्बन्धित अणुलाई कसेर बाँधेका हुन्छन् जसलाई बेस भनिन्छ ।

यो बेस चार प्रकारका हुन्छन् – एडेनिन, गुआनिन, साइटोसिन र थाइमिन । थाइमिन र साइटोसिन अगाडि–पछाडि हुन्छन् । जब सूर्यको प्रकाश यो वर्गसँग ठोक्किन्छ तब थाइमिन र साइटोसिन, चेनको अर्कोतर्फ हल्लिने गर्छ र एक–अर्कासँग जोडिने गर्छन् । त्यसपछि डिएनए कोड अचानक टुट्ने गर्छ । र यो डिएनए सेक्सनले कुनै प्रोटिन बनाउँछ भने पनि यसले सही प्रोटिन बनाउन सक्दैन ।

यो राम्रो हो कि कोशिकासँग अटो–करेक्ट अणुको आफ्नो सानो आर्मी हुन्छ जुन भित्र गएर टुटेका डिएनएको खण्डलाई ठिक पार्न सक्छ । तर यदि तपाईँ चर्को घाममा बाहिर हुनुहुन्छ भने यो प्रक्रिया अत्यधिक मात्रामा हुन्छ । त्यति बेला यो अटो–करेक्टले राम्रोसँग काम गर्न सक्दैन ।

यदि कुनै कोशिका धेरै नै खराब हुन्छ भने त्यसको आफ्नो अटो–डिलिट फङ्सन पनि हुन्छ । त्यति बेला यसमा एपोप्टोसिस नामको प्रक्रिया हुन्छ र यो कोशिकाले आत्महत्या गर्ने गर्छ । सुन्दा अचम्म लाग्ला तर धेरै नै खराब भएका कोशिका जम्मा हुन्छन् र ती पहिलाको जस्तो रहँदैन जसले गर्दा छालामा चाउरी पर्ने गर्छ ।

अटो–डिलिट फङ्सनका लागि तपाईंको आफ्नै डिएनए कोड हुन्छ र यदि तपाईंको डिएनएको त्यही भागमा क्षति पुगेको छ भने त्यो अटो–डिलिट हुने छैन । कोशिकाले आफूलाई मार्ने छैन र यो अनावश्यक रूपमा बढ्न सुरु हुनसक्छ । छालाको क्यान्सर यसरी नै हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एजेन्सी
एजेन्सी
लेखकबाट थप