शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

करोडौँका सभा हल र भ्यूटावरहरू अलपत्र

शनिबार, ०७ माघ २०७९, ०५ : ३७
शनिबार, ०७ माघ २०७९

काठमाडौँ । सरकारले समयमा कार्यविधि निर्माण नगर्दा करोडौँ रुपैयाँ खर्चेर देशका विभिन्न ठाउँमा निर्माण गरेका सभा हल र भ्यूटावरहरू अलपत्र परेका छन् । राज्यकोषको ठुलो रकम सभा हल र भ्यूटावर निर्माणमा खर्च भए पनि सञ्चालन र व्यवस्थापन कार्यविधि अभावमा प्रयोगमा आउन सकेका छैनन् ।

एक अर्ब ११ करोड रुपैयाँ खर्चेर बनाइएको बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र यसको एउटा उदाहरण हो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गत भदौमा उक्त सभा हल उद्घाटन गरेका थिए । उद्घाटन भएको ६ महिनामा एकपटक मात्र उक्त सभा हल प्रयोगमा आएको छ । कार्यविधि अभावमा सभा हल भाडामा लगाउन सकिएको छैन । व्यवस्थापन खर्च भने निरन्तर भइरहेको छ । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आयोजना प्रमुख धर्मेन्द्र पन्थीका अनुसार उक्त सभा हल व्यवस्थापनमा महिनामा कम्तीमा १२ लाख खर्च हुन्छ । तर सभाहल प्रयोग गरेबापत अहिलेसम्म ९६ हजार रुपैयाँ उठेको छ । 'सभा हल व्यवस्थापन पक्षसँग अहिले बिजुलीको महसुल तिर्ने रकम पनि छैन । विद्युत् प्राधिकरणले लाइन काट्ने तयारी गरेको छ,' पन्थीले भने, 'सभा हल सञ्चालनसम्बन्धी कार्यविधि नबनेकाले यस्तो अवस्था आएको हो ।' आजको नागरिक दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप