आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रौतहट ट्राफिक प्रहरीको सक्रियता : ६ महिनामै झन्डै १७ हजार सवारी कारबाहीमा

शनिबार, ०७ माघ २०७९, ११ : ४०
शनिबार, ०७ माघ २०७९

रौतहट । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले आफ्नो सक्रियता बढेको छ। पछिल्लो ६ महिनाको अवधिमा नियम विपरीत चलेका झन्डै १७ हजार सवारीसाधनलाई कारबाही गर्दा  १ करोड भन्दा बढी  राजश्व सङ्कलन भएको छ।

यस आर्थिक वर्षको साउन  महिना देखि पुस मसान्तसम्म ६ महिनामा  नियम विपरीत चलेका १६ हजार ८ सय ४४ सवारी साधनलाई  कारबाही गरिएको छ। कारबाहीमा पर्ने सबभन्दा बढी मोटरसाइकलको सङ्ख्या ७ हजार ८३१ रहेको छ। त्यसै गरी तीन हजार ३३८ ट्याम्पो , तीन हजार २२३ ट्रक ,१५ सय ७४ कार जिप, ४५० ट्याक्टर तथा ३७८ यात्रुवाहक बसलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रमुख  इन्स्पेक्टर विमला कुमारी कठायतले बताइन्।  उक्त कारबाही  बाट कुल १ करोड ,३० लाख,२६ हजार ५०० रुपैयाँ  राजश्व सङ्कलन भएको इन्स्पेक्टर कठायतले जानकारी दिएकी छन् ।

यस आर्थिक वर्षको साउन देखि पुस मसान्तसम्म ६  महिनाको अवधिमा रौतहटभरीमा ३ सय ६० वटा सवारी  दुर्घटना भएको छ। उक्त दुर्घटनामा १९ जना पुरुष, ४ महिला तथा ३ जना बालबालिका गरी २६ जनाको मृत्यु भएको छ। सोही  दुर्घटनामा परेर ३७८ जना पुरुष ,७४  महिला,६७ बालक तथा ४७ बालिका गरी   सय ६६ जना घाइते भएका थिए ।

गत वर्षको सोही अवधिको तुलनामा यस आर्थिक वर्षको ६ महिनामा सवारी दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ। सवारी दुर्घटना कम गर्न पटक पटक सामुदायिक विद्यालयमा ट्राफिक नियम बारे कक्षा सञ्चालन ,सडकमा चालक र यात्रुलाई ट्राफिक ज्ञान , पर्चा पम्पलेट वितरण गरी सर्वसाधारण लाई ट्राफिक नियम बारे सचेतता तथा कुहिरोमा दुर्घटना बाट जोगाउन ट्याक्टर लगायतका सवारीसाधनमा स्टिकर टांस भइरहेको ट्राफिक प्रहरीले जनाएको छ। विगतमा सीमित ठाउँमा रहेको ट्राफिक प्रहरी अहिले जिल्लाको १८ वटै स्थानीय तहमा बढ्दो सवारीसाधनको चाप लाई मध्यनजर गर्दै सुरक्षाको दृष्टिकोणले परिचालन गरिएको छ। हाल रौतहटको चन्द्रनिगाहपुर,बागमती,डुमरिया,गरुडा, शिवनगर, शुकदेव चौक, बमनाहर,गौर, बंकुल, मौलापुर, फतुवा विजयपुर लगायतका स्थानमाट्राफिकप्रहरीको अस्थायी चेकिंग पोष्ट राखिएको जिल्लाट्राफिकप्रहरी कार्यालय रौतहटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप