समाचार
उपसभामुखको निर्वाचन हुँदै, यस्तो छ कार्यसूची
शनिबार, ०७ माघ २०७९, १२ : ५९

काठमाडौँ । प्रतिनिधिसभाको चौथो बैठकमा उपसभामुखको निर्वाचन हुँदैछ । दिउँसो १ बजे बस्ने बैठकमा सत्ता गठबन्धनको तर्फबाट सांसद सोबिता गौतमले इन्दिरा रानालाई प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित गरियोस भनेर प्रस्ताव गर्ने र एमाले सांसद कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राजेन्द्रप्रसाद लिङ्देनले समर्थन गर्ने कार्यसूची रहेको छ ।
यस्तै प्रतिपक्षी दलका तर्फबाट बद्रीप्रसाद पाण्डेले मुक्ता कुमारी यादवलाई प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित गरियोस भनेर प्रस्ताव गर्ने र सांसद मेटमणि चौधरी र सर्वेन्द्रनाथ शुक्लाले समर्थन गर्ने कार्यसुची रहेको संघीय संसद सचिवालयका महासचिव डा। भरतराज गौतमले जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहारी, उप्रेती र सुवेदीलाई ‘हरितारा पुरस्कार’ प्रदान
-
कुलमानको दाबीमा महालेखाको अब्जेक्सन : प्राधिकरणको नाफा यथार्थपरक छैन
-
अबको दिन हाम्रो दिन हुनेछ : अध्यक्ष प्रचण्ड
-
महालेखा परीक्षक कार्यालयद्वारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस
-
महानगरको बेरूजु : काठमाडौँको सबैभन्दा धेरै, अन्य कसको कति बेरूजु ?
-
टिकटक लाइभ भइरहँदा ब्युटी इन्फ्लुएन्सरको गोली हानी हत्या