छिन्नमस्ता गाउँपालिकाबाटै कर सेवा सुरु, अब प्यान र कर चुक्ताका लागि राजविराज जानु नपर्ने
सारांश
- सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आफ्नै कार्यालयबाट करदाता सेवा सुरु गरेको छ।
- यस सेवाले गर्दा अब गाउँपालिकावासीले प्यान र कर चुक्ता प्रमाणपत्र जस्ता सेवाका लागि राजविराज जानु पर्दैन।
- स्थानीय तहबाटै सेवा प्रवाह हुँदा नागरिकको समय बचत हुनुका साथै यातायात र अन्य अतिरिक्त खर्चमा समेत कमी आउनेछ।
राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आफ्नै कार्यालयबाट करदाता सेवा सञ्चालनमा ल्याएको छ।
करदाता सेवा कार्यालय राजविराजले प्रदान गर्दै आएका सेवाहरू अब छिन्नमस्ता गाउँपालिकाको कार्यालयबाटै उपलब्ध हुन थालेका हुन्।
यो सेवा सुरु भएसँगै गाउँपालिकावासीले करसम्बन्धी कामका लागि सदरमुकाम राजविराज धाउनुपर्ने बाध्यताको अन्त्य भएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।
अब गाउँपालिकाबाटै व्यवसायिक प्यान, व्यक्तिगत स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्र जस्ता महत्त्वपूर्ण सेवाहरू सहज रूपमा प्राप्त गर्न सकिने उनले बताए ।
चौधरीका अनुसार स्थानीय तहबाटै सेवा प्रवाह हुँदा नागरिकको समय बचत हुनुका साथै यातायात र अन्य अतिरिक्त खर्चमा समेत उल्लेख्य कमी आउनेछ। 'स्थानीय सरकारको पहुँचलाई प्रभावकारी र नागरिकमैत्री बनाउँदै जनतालाई छिटो-छरितो सेवा दिने दिशामा यो एउटा महत्त्वपूर्ण उपलब्धि हो,' अध्यक्ष चौधरीले भने ।
नेपाल सरकारको स्थानीय तहबाटै स्थायी लेखा नम्बर (प्यान) वितरण गर्ने र आन्तरिक राजस्व विभागका सेवाहरूलाई स्थानीय तहमार्फत नै प्रवाह गर्ने नीति अनुरूप यो कार्यको सुरुवात गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको स्वास्थ्य क्षेत्रमा ३ अर्ब ३१ करोडको बजेट
-
विश्वकप हेर्ने एप डाउनलोड गर्दै हुनुहुन्छ ? रित्तिएला बैंक खाता !
-
कोशीमा खानेपानी, सिँचाइ तथा ऊर्जामा ६ अर्ब २८ करोड विनियोजन
-
छानबिन समितिले क्लिन चिट दिएसँगै सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका गाडी छुटे
-
बागमतीमा उद्योग पर्यटन र यातायात मन्त्रालयलाई ५ अर्ब ३७ करोड
-
कोशी प्रदेश बजेट : पूर्वाधार विकासमा १२ अर्ब ३८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण