विकास निर्माणका काम अनुगमन गर्न मधेस सरकारले मुख्यमन्त्री ड्यासबोर्ड सञ्चालनमा ल्याउने
सारांश
- मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका सम्पूर्ण विकास निर्माणका कार्य खुला एवं प्रतिस्पर्धात्मक रूपमा सञ्चालन गर्ने भएको छ ।
- विकास आयोजनाको भौतिक एवं वित्तीय प्रगति अनुगमन गर्न मुख्यमन्त्री ड्यासबोर्ड सञ्चालन गरिनेछ ।
- सम्झौता बमोजिम ९० प्रतिशतभन्दा कम प्रगति हासिल गर्ने पदाधिकारीलाई जिम्मेवारीबाट हटाइनेछ ।
जनकपुरधाम । मधेस प्रदेश सरकारले विकास निर्माणका काममा पारदर्शिता र स्वच्छता कायम गर्न आगामी आर्थिक वर्षका सम्पूर्ण विकास निर्माणका कार्य अनिवार्य रुपमा खुला एवं प्रतिस्पर्धात्मक रूपमा सञ्चालन गर्ने भएको छ ।
प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले सोमबार प्रदेश सभा बैठकमा पेस गरेको आगामी आर्थिक वर्ष २०८३/८४ बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन्।
उनले विकास आयोजनाको भौतिक एवं वित्तीय प्रगति प्रत्यक्ष रूपमा अनुगमन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अत्याधुनिक प्रविधियुक्त मुख्यमन्त्री ड्यासबोर्ड सञ्चालन गरिने जानकारी दिए।
मन्त्री भट्टराईले यस्ता विकास निर्माणका आयोजना सञ्चालनका क्रममा सम्बन्धित मन्त्रालयका सचिव र आयोजना प्रमुखहरूबिचमा अनिवार्य रूपमा समयबद्ध लक्ष्यसहित कार्यसम्पादन सम्झौता गरिने जनाए ।
मन्त्री भट्टराईका अनुसार सम्झौता बमोजिम ९० प्रतिशतभन्दा कम प्रगति हासिल गर्ने पदाधिकारीलाई तत्काल जिम्मेवारीबाट हटाउने तथा उत्कृष्ट कार्य गर्नेलाई पुरस्कृत गरिने नीति प्रदेश सरकारले लिने भएको छ ।
प्रदेश नीति तथा योजना आयोगमा विज्ञहरूलाई नियुक्त गरिने र आयोगको सिफारिस विनाका कुनै पनि योजना बजेटमा नसमेटिने सुनिश्चिता गरिने उनले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमण तीव्र, पाँच महिनामा एक हजार बढीको मुत्यु : संयुक्त राष्ट्रसङ्घ
-
रोजगार मेलामार्फत १६४ लाई रोजगारी
-
‘बजेटको कार्यान्वयन गर्न स्रोत सुनिश्चित हुनुपर्छ’
-
गर्मीबढेसँगै सर्पदंशका बिरामीकाे संख्यामा वृद्धि
-
अपराजित यात्रा कायाम राख्ने दाउमा बेल्जियम, सलाहको इजिप्टसँग कस्तो छ हेड-टु-हेड?
-
छिन्नमस्ता गाउँपालिकाबाटै कर सेवा सुरु, अब प्यान र कर चुक्ताका लागि राजविराज जानु नपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण