बागमतीमा भौतिक पूर्वाधार मन्त्रालयका लागि २५ अर्ब ६० करोड रुपैयाँ
सोमबार, ०१ असार २०८३, १७ : ३९
सारांश
- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि २५ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
- सो बजेटमध्ये प्रादेशिक सडक गुरु योजनाका सडकहरूका लागि ७ अर्ब १० करोड रुपैयाँ छुट्याइएको छ ।
- काठमाडौँ उपत्यकाको चाप व्यवस्थापन गर्न मेट्रो रेल सञ्चालनको सम्भाव्यता अध्ययन तथा भीमफेदी कुलेखानी सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि पनि बजेट विनियोजन गरिएको छ ।
हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि २५ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार उक्त बजेटले प्रादेशिक सडक गुरु योजनाका सडकहरूका लागि ७ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए ।
विगतमा सुरु गरिएको पूर्वाधार विकासका कार्यलाई पुर गर्न आवश्यक रकम सहित स्रोत सुनिश्चितता गरिएको उनले बताए ।
काठमाडौँ उपत्यकाको बढ्दो चापलाई व्यवस्थापन गर्न सङ्घीय सरकारसँगको समन्वयमा मेट्रो रेल सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने, भीमफेदी कुलेखानी सुरुङ मार्ग सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिक्रमित सबै जग्गा किनबेच र हस्तान्तरण रोक्न पत्राचार
-
कर्णालीको सामाजिक विकास मन्त्रालयलाई ६ अर्ब १० करोड बजेट
-
कर्णालीको जलस्रोत तथा ऊर्जा मन्त्रालयको बजेट ह्वात्तै बढ्यो, ४ अर्ब ८१ करोड
-
जी–७ को सम्मेलन फ्रान्समा सुरु हुँदैः को–को जाँदैछन्, के छन् एजेन्डा ?
-
भागबण्डा नमिल्दा सुदूरपश्चिमको बजेट भाषण अनिश्चित
-
लुम्बिनी सरकारले ल्यायो ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण