कर्णालीको बजेट मन्त्रिपरिषद्बाट पारित
सोमबार, ०१ असार २०८३, १६ : १६
सारांश
- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट मन्त्रिपरिषद् बैठकबाट पारित गरेको छ।
- मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गर्दै कर्णाली प्रदेश आर्थिक विधेयक २०८३ र कर्णाली प्रदेश विनियोजन विधेयक २०८३ प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ।
- बजेट पारित भएसँगै अब प्रदेशसभा बैठकमा प्रस्तुत गरिनेछ।
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो।
‘कर्णाली प्रदेश आर्थिक विधेयक २०८३ र कर्णाली प्रदेश विनियोजन विधेयक २०८३ प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरिएको छ,’ सरकारका प्रवक्ता विनोदकुमार शाहले भने।
बजेट पारित भएसँगै अब प्रदेश सभा बैठकमा प्रस्तुत गरिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिक्रमित सबै जग्गा किनबेच र हस्तान्तरण रोक्न पत्राचार
-
कर्णालीको सामाजिक विकास मन्त्रालयलाई ६ अर्ब १० करोड बजेट
-
कर्णालीको जलस्रोत तथा ऊर्जा मन्त्रालयको बजेट ह्वात्तै बढ्यो, ४ अर्ब ८१ करोड
-
जी–७ को सम्मेलन फ्रान्समा सुरु हुँदैः को–को जाँदैछन्, के छन् एजेन्डा ?
-
भागबण्डा नमिल्दा सुदूरपश्चिमको बजेट भाषण अनिश्चित
-
लुम्बिनी सरकारले ल्यायो ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण