गण्डकीका जनताका घरघरै धारा पुर्याउन १ अर्ब ७ करोड बजेट
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी वर्ष प्रदेशका जनताको घरघरमा धारा पुर्याउन १ अर्ब भन्दा बढी बजेट विनियोजन गरेको छ । स्वच्छ पानी, स्वस्थ जीवन भन्ने मूल नाराका साथ बहुवर्षीय खानेपानी आयोजनाहरू सम्पन्न गर्न १ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरेको हो ।
विगतदेखि सञ्चालनमा रहेका आयोजनाहरूलाई तीव्रता दिँदै एक घर, एक धारा कार्यक्रमलाई निरन्तरता दिइएको अर्थमन्त्री जितबहादुर शेरचनले जानकारी दिए ।
सरकारी विद्यालय, स्वास्थ्य संस्था, धार्मिक तथा पर्यटकीय स्थलहरूमा स्वच्छ खानेपानी पुर्याउने कार्यक्रमलाई प्राथमिकता दिइएको उनले सुनाए ।
यस्तै, लिफ्टिङ प्रविधिबाट सञ्चालित खानेपानी र सिँचाइ आयोजनाहरूमा खपत हुने विद्युत् महसुलमा अनुदान दिनका लागि ४ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका लागि ४ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षभित्र गण्डकी प्रदेशका सबै घरधुरीमा विद्युत् सेवा पुर्याई उज्यालो गण्डकी प्रदेश घोषणा गर्ने दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जी–७ को सम्मेलन फ्रान्समा सुरु हुँदैः को–को जाँदैछन्, के छन् एजेन्डा ?
-
भागबण्डा नमिल्दा सुदूरपश्चिमको बजेट भाषण अनिश्चित
-
लुम्बिनी सरकारले ल्यायो ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट (पूर्णपाठ)
-
समाजसेवी र कलाकारलाई माईजोगमाई सेवा समाजको सम्मान
-
कर्णालीको उद्योग, पर्यटन मन्त्रालयका लागि २ अर्ब ४६ करोड विनियोजन : पर्यटन दशक घोषणा
-
बागमतीले ५४ करोड ४० लाख रुपैयाँले घटायो बजेट (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण