सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

कोशी बजेट : शिक्षा र सामाजिक क्षेत्रमा ३ अर्ब १० करोड

सोमबार, ०१ असार २०८३, १७ : २६
सोमबार, ०१ असार २०८३

सारांश

  • कोशी प्रदेश सरकारले शिक्षा र सामाजिक क्षेत्रमा आगामी आर्थिक वर्षका लागि ३ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
  • यस बजेटमा सक्षम छोरी कार्यक्रम, अपाङ्गता रोकथाम, बौद्धिक अपाङ्गता तथा अटिजम बालबालिका, साङ्केतिक भाषा अधिकार, र विद्यालयमा डिजिटल बोर्ड जस्ता कार्यक्रमहरू समावेश छन् ।
  • प्रदेश सरकारले मनमोहन प्राविधिक विश्वविद्यालयलाई २० करोड र खेलकुद क्षेत्रको विकासका लागि २३ करोड बजेट विनियोजन गरेको छ ।

विराटनगर । कोशी प्रदेश सरकारले शिक्षा र सामाजिक क्षेत्रमा ३ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।  कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । 

उनले सक्षम छोरी कार्यक्रमको लागि ७ करोड, अपाङ्गता रोकथाम तथा संरक्षणको लागि १६ करोड ५० लाख, बौद्धिक अपाङ्गता तथा अटिजम बालबालिकाका लागि १ करोड, साङ्केतिक भाषाको अधिकार प्रत्याभूति गर्न १६ करोड, साङ्केतिक भाषा स्रोत कक्षाको लागि १ करोड, १ सय वडा विद्यालयमा डिजिटल बोर्डबाट पढाइ सुरु गर्न १० करोड विनियोजन गरेको बताए । यस्तै ज्योतिष शास्त्र, वास्तु तथा तान्त्रिक विधिको अध्ययन गरिने बताए । मनमोहन प्राविधिक विश्वविद्यालयका लागि २० करोड बजेट विनियोजन गरेको प्रदेश सरकारले धनकुटामा चिकित्सा शास्त्र अध्ययन सुरु गर्ने घोषणा गरेको छ । 

प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि २३ करोड विनियोजन गरेको छ । वैजनाथ क्रिकेट रंगशालाको निर्माणको लागि ५ करोड, समुदायमा रहेका मौलिक ज्ञान, सिप र प्रविधि अनुसन्धान गर्न २७ करोड रुपैयाँ पनि विनियोजन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप