गण्डकीले ल्यायो ३३ अर्बको बजेट, पुँजीगत शीर्षकमा ६० प्रतिशत
सारांश
- गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
- अर्थमन्त्री जितबहादुर शेरचनले पुँजीगत तर्फ ६० प्रतिशतभन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिए ।
- चालू खर्च गत वर्षभन्दा १ प्रतिशत घटाइएको छ भने कर्मचारीको तलब वृद्धि सङ्घ सरकारले गरेकै अनुपातमा हुनेछ ।
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जितबहादुर शेरचनले पुँजीगत तर्फ ६० प्रतिशतभन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिए । पुँजीगत तर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार रुपैयाँ विनियोजन गरिएको छ भने चालू तर्फ १२ अर्ब ७२ करोड ३६ लाख ७८ हजार रुपैयाँ अर्थात् ३८।५६ प्रतिशत बजेट विनियोजन भएको हो ।
सरकारले प्रस्तुत गरेको बजेट चालू वर्षको भन्दा १ अर्बले बढी हो । चालू आर्थिक वर्षमा प्रदेश सरकारले ३१ अर्ब ९७ करोडको बजेट प्रस्तुत गरेर कार्यान्वयन गरिरहेको छ । वित्तीय व्यवस्थापनतर्फ २५ करोड रुपैयाँ छुट्टाइएको छ । चालू खर्च गत वर्षभन्दा १ प्रतिशत घटाइएको सरकारले जनाएको छ । यो वर्ष सङ्घ सरकारले गरेकै अनुपातमा कर्मचारीको तलब वृद्धि हुने अर्थमन्त्री शेरचनले बताए । पूरा बजेटमध्ये सङ्घ सरकारबाट वित्तीय समानीकरण शीर्षकमा ७ अर्ब ८४ करोड ८२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । राजस्व बाँडफाँडबाट १० अर्ब १६ करोड ४७ लाख ४८ हजार, रोयल्टी बाँडफाँड शीर्षकमा ५१ करोड ४८ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ ।
यस्तै, सशर्त अनुदानबाट ३ अर्ब ९३ करोड ३ लाख, समपूरक अनुदान ५५ करोड ४६ लाख, विशेष अनुदान ३९ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने अर्थमन्त्री शेरचनको अनुमान छ । गण्डकी प्रदेशले आन्तरिक श्रोतमा ५ अर्ब ८४ करोड १८ लाख ५२ हजार उठाउने र चालू वर्षको २ अर्ब रुपैयाँ मौज्दात रहने अनुमान गरिएको छ । १ अर्ब ७५ करोड रुपैयाँ आगामी वर्ष आन्तरिक ऋण परिचालन हुने अर्थमन्त्री शेरचनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीको बजेट दिशाहीन छ : आङ्बो
-
पहाडी जिल्लामा घरजग्गा किन्दा रजिस्ट्रेसन शुल्क पूर्ण छुट
-
युवा नेता कमल थापा रास्वपामा प्रवेश
-
सुनचाँदी व्यवसायी मञ्चले गर्यो अन्तरसंघ फुटसल प्रतियोगिता
-
बागमतीको बजेटमा विपन्नलाई आवासदेखि मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम
-
३५ अर्ब ३९ करोड बजेटः हराए अर्गानिक नारा, समेटिए असफल पुराना योजना (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण