मधेस सरकारकाे बजेट
मधेस सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट (पूर्णपाठ)
सोमबार, ०१ असार २०८३, १५ : ०४
सारांश
- मधेस प्रदेशले आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ ।
- चालु आर्थिक वर्ष (२०८२/८३) मा मधेसले ४६ अर्ब ५८ करोडको बजेट ल्याएको थियो, जुन गत वर्षभन्दा १३ प्रतिशत कम हो ।
- बजेटमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड र पुँजीगततर्फ २६ अर्ब ४७ करोड विनियोजन गरिएको छ ।
जनकपुर । मधेस प्रदेशले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ४१ अर्बको बजेट ल्याएको छ । प्रदेश सभामा साेमबार अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब १३ करोड ८६ लाख बराबरको बजेट प्रस्तुत गरेका हुन् ।
चालु आर्थिक वर्ष (२०८२/८३) मा मधेसले ४६ अर्ब ५८ करोड बराबरको बजेट ल्याएको थियो । चालु आवको बजेट गत वर्षभन्दा १३ प्रतिशत कम हो ।
उक्त खर्चमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड अर्थात् ३५.९४ प्रतिशत, पुँजीगततर्फ २६ अर्ब ४७ करोड अर्थात् ६४.३६ विनियोजन गरिएको छ ।
खर्चको स्रोतमध्ये आन्तरिक राजस्वतर्फ ११ अर्ब २२ करोड ७५ लाख, राजस्व बाँडफाँटबापत १२ अर्ब ८३ करोड, वित्तीय समानीकरणबापत ९ अर्ब ४९ करोड ५९ लाख र गत वर्षको नगद माैज्दातबापत ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ अनुमान गरिएको अर्थमन्त्री भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा ४३.५ डिग्री सेल्सियस, तर किन हुन्छ ६४ डिग्रीको गर्मी ?
-
सम्झौताको घोषणापछि स्ट्रेट अफ होर्मुज पार गर्दै गरेको देखियो जहाज
-
पपुलिजमले देशलाई सही दिशा दिन सक्दैन : महासचिव पोखरेल
-
लीपमोटर बी१० को मूल्य घट्यो: ५ लाख सस्तोमा टप भेरियन्ट उपलब्ध
-
कर्णालीमा बजेट भाषण : ३ बजे समय तोकिए पनि अझै भएन सुरु
-
प्रहरीको प्राथमकिता प्रविधिमैत्री र जनमैत्री सेवा प्रवाह : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण