सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

कोशीमा कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै बजेट सार्वजनिक

सोमबार, ०१ असार २०८३, १७ : २९
सोमबार, ०१ असार २०८३

सारांश

  • कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै ६ अर्ब २८ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
  • प्रदेश सरकारले कृषि क्षेत्रको विकास, आधुनिकीकरण र उत्पादकत्व वृद्धिका लागि उक्त बजेट विनियोजन गरेको हो।
  • मन्त्री लिङ्थेपले प्रस्तुत गरेको बजेटमा कृषि पूर्वाधार, सिँचाइ, सहुलियतपूर्ण ऋण, बीउ बिजन वितरण र बजार व्यवस्थापनमा उक्त रकम खर्च गरिने उल्लेख छ।

विराटनगर ।  कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारले कृषि क्षेत्रको विकास, आधुनिकीकरण र उत्पादकत्व वृद्धिका लागि ६ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरेको हो।

प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले कृषि क्षेत्रलाई प्रदेशको अर्थतन्त्रको मुख्य आधारको रूपमा विकास गरिने बताए ।

मन्त्री लिङ्थेपले प्रस्तुत गरेको बजेटमा कृषिमा आत्मनिर्भर बन्न र कृषकहरूलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरू समावेश गरिएको छ। विनियोजित ६ अर्ब २८ करोड रुपैयाँ मुख्य गरी कृषि पूर्वाधार, सिँचाइ, सहुलियतपूर्ण ऋण, बीउ बिजन वितरण र बजार व्यवस्थापनमा खर्च गरिने उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप