कैलाली घटना : टेम्पो भिरबाट खसाल्ने वनका कर्मचारी र पीडितबिच छलफल गराउने तयारी
सारांश
- कैलालीको गोदावरी सामुदायिक बन क्षेत्रमा राजमार्गबाट टेम्पो भिरबाट खसाल्ने बनका कर्मचारी र पीडितबिच प्रहरीले छलफल गराउने भएको छ ।
- शनिवार टेम्पोमा व्यापार गरेको आरोपमा बनका कर्मचारीले स्थानीयको टेम्पो भिरबाट धकेलेर खसाएका थिए, जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
- यस घटनामा संलग्न १२ जना बन कर्मचारीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ र उनीहरूसँग घटनाबारे सोधपुछ गरिरहेको छ ।
काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक बन क्षेत्रको राजमार्गबाट टेम्पो भिरबाट खसाल्ने बनका कर्मचारी र पीडितको बिचमा प्रहरीले छलफल गराउने भएको छ ।
भिमदत्त राजमार्ग सड्क खण्ड स्थित गाइमारेबाट शनिवार टेम्पोमा व्यापार गरेको आरोपमा बनका कर्मचारीले स्थानीयको टेम्पो भिरबाट धकेलेर खसाएका थिए । टेम्पो खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
आइतबार साँझ प्रहरीले डिभिजन बन कार्यालय र सव डिभिजन बन कार्यालयका १२ जना कर्मचारीलाई पक्राउ गरेर हिरासतमा राखेको छ । पक्राउ पर्नेमा दुईजना बन अधिकृत र बन रक्षकहरू छन् ।
बनका कर्मचारी र पीडितहरुको बिचमा पहिलो चरणमा छलफल गराइने कैलालीका एसपी नरेन्द्र चन्दले रातोपाटीलाई बताए । उनले भने, ‘पहिलो चरणमा छलफल गराउँछौँ, सहमति नभएमा जाहेरी लिएर अनुसन्धान अघि बढ्छ ।’
पक्राउ परेकाहरूसँग प्रहरीले घटनाबारे सोधपुछ गरिरहेको छ । पक्राउ परेका कर्मचारीहरूको नाम प्रहरीले सार्वजनिक गरेका छैन । टेम्पोलाई टहरोको रूपमा प्रयोग गरेर बन क्षेत्र अतिक्रमण गरेर व्यापार गरेको बन कार्यालयको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय हेलिकप्टरले हाम्रो आकाश प्रयोग गरेको बारेमा मौखिक कुरा गरेका छौँ : प्रजिअ दार्चुला
-
उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु
-
परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै
-
परराष्ट्रमन्त्रीको भनाइबारे एमालेले माग्यो जवाफ
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण