महिला सांसदलाई चेली नभनियोस् : सांसद सुमना श्रेष्ठ
शनिबार, ०७ माघ २०७९, १५ : ३६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले महिला सांसदलाई चेली नभन्न आग्रह गरेकी छिन् । शनिवार उपसभामुखको निर्वाचनका लागि बसेको प्रतिनिधि सभाको बैठकमा उम्मेदवार इन्दिरा रानालाई समर्थन गर्दै उनले संसदमा महिला सांसदलाई चेली नभन्न आग्रह गरेकी हुन् ।
सांसद श्रेष्ठले भनिन– ‘यो सदनमा धेरै पटक सुनियो चेली । महिलाहरुलाई, महिला नेतृहरुलाई चेली भनेपछि के पुरुषहरुलाई चेला भन्छौँ ? भन्या सुन्या त छैनौँ । त्यसकारण कृपया मेरो आह्वान छ महिला नेतृलाई सम्बोधन गर्दा चेली नभनियोस्, यदि आत्मियता नै देखाउनु छ भने ३३ प्रतिशत न्यूनतम हो, ५० प्रतिशत सदस्य यो सदनमा पठाइयोस् ।’ उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको आदेश, फेरियो राजावादीको रणनीति
-
आईसीसी विश्वकप लिग २ः नेपालसँग नेदरल्यान्डस ५ विकेटले पाराजित
-
सभामुख घिमिरे र राजदूत अब्देलघानीबीच भेटवार्ता
-
जनतालाई पार्टीमा जोड्न जनताका मुद्दालाई प्राथमिकता दिनुपर्छ : शङ्कर पोखरेल
-
भारतमा मार्च १ देखि जनगणना हुने
-
कलाकार गुरुङद्वारा कन्यादेवी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण