एथ्लेटिक्स टोली स्वदेश फर्कियो
शनिबार, ०७ माघ २०७९, १६ : ०४
काठमाडौँ । बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी भइ नेपाली एथलेटिक्स टोली शनिबार स्वदेश फर्किएको छ । बंगलादेशको ढाकामा जनवरी २० तारिखमा भएको प्रतियोगितामा १० नेपाली खेलाडीले फुल र हाफ म्याराथनमा प्रतिस्पर्धा गरेका थिए । नेपालले १ स्वर्ण र २ कांस्य पदक जित्यो ।
दक्षिण एसियाली प्रतिस्पर्धामा पुष्पा भण्डारीले राष्ट्रिय कीर्तिमानसहित म्याराथनमा स्वर्ण जितिन् । पुष्पाले सन् २०२१ मा पनि स्वर्ण जितेकी थिइन् । सन् २०२२ मा भने पुष्पा कास्यमा सीमित भएकी थिइन् । नेपालकै विन्द्राधन्के श्रेष्ठले सोही स्पर्धामा कांस्य हात पारिन् । गोपीचन्द्र पार्की हाफ म्याराथनमा कांस्य जिते ।
टोलीलाई नेपाल एथलेटिक्स संघका सचिव आरके विष्ट, एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङ, ओलम्पियन प्रमिला रिजाललगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण