बालविवाह रोकथामको उपाय : २० वर्षपछि विवाह गरेमा सिलिन्डर उपहार
बाँके । बाँकेको खजुरा गाउँपालिकाको एउटा वडाले २० वर्षपछि विवाह गर्नेलाई सिलिन्डर सेट उपहार दिने निर्णय गरेको छ । मधेसी, मुस्लिम समुदायको बाक्लो बसोबास रहेको वडा नं. ५ ले यस्तो निर्णय गरेको हो । वडाध्यक्ष गरिवे शेषले बालविवाह रोकथाम गर्न यस्तो उपहारको योजना ल्याएको बताए।
'हाम्रो वडामा बालविवाह अलि बढी नै छ। त्यसको रोकथामका लागि हामीले सिलिन्डर सेट उपहार योजना ल्याएका छौं', वडाध्यक्ष शेषले भने- 'यो योजनाले बालविवाह रोकथाममा सहयोग पुयाउने आशा गरेका छौं ।' वडाले माघ ३ गतेपछि २० वर्ष उमेर पुगेर विवाह गरेकालाई यस्तो उपहार दिने बताएको छ । उमेर पुगेर विवाह गरेकाले नागरिकता, विवाह हुने प्रमाण, उमेर खुल्ने प्रमाण ( दुलाहा दुलही दुवैको) पेस गर्नुपर्नेछ। यो उपहार योजना वडा नं. ५ का स्थायी बासिन्दाका लागि मात्रै लागू गरिएको छ । बाँकेको मधेसी, मुस्लिम बस्तीमा बालविवाह बढी हुने गरेको छ । आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै