सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर
आइतबार, ०८ माघ २०७९, १० : ४५
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्यमा २०० रुपैयाँको गिरावट आएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार रुपैयाँ छ । यस्तै, तेजावी सुनको मूल्य तोलामा १ लाख ४ हजार ५०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार ७०० रुपैयाँ थियो ।
पछिल्लो समय निरन्तर बढिरहेको सुनको मूल्य आज भने घटेको हो । विहीबार तोलामा १ लाख ४ हजार ५०० रहेको सुनको मूल्य शुक्रबार एकै दिन ७०० रुपैयाँले बढेको थियो । सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने स्थिर छ ।
आज चाँदीको मूल्य तोलामा १ हजार ३७५ रुपैयाँ छ । गत साताको शुक्रबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दिन संसद् बैठकमा उपस्थितिमा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण