प्रदेशको नामकरण छिटो टुंगिन्छ : मुख्यमन्त्री कार्की
झापा । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाँडै प्रदेशको नामकरण टुङ्गिने बताएका छन् । उनले सर्वसहमतिका आधारमा नामकरणको प्रयास गरिने अन्यथा प्रक्रियामा गएर भए पनि टुङ्ग्याइने बताए ।
आइतबार झापाको दमकमा सोनाम ल्होसार कार्यक्रममा मुख्यमन्त्री कार्कीले सबै प्रदेशको नामकरण सम्पन्न भए पनि प्रदेश १ को नामकरण नटुङ्गिएको उल्लेख गर्दै सबै दलसँग छलफल गरी नामकरण गरिने बताए ।
उनले प्रदेश संरचनाका विषयमा हुने टिप्पणीप्रति सजग रहेको उल्लेख गर्दै भने, “हामीले प्रदेशको औचित्य पुष्टि गर्ने छौँ, जनतालाई प्रत्याभूत हुने किसिमबाट काम अघि बढाउने छौँ ।” उनका अनुसार प्रदेश सरकारले खर्च घटाउन मन्त्रालयको सङ्ख्या १३ बाट घटाएर नौ पु¥याइएको हो ।
मुख्यमन्त्री कार्की थप अधिकार प्रत्यायोजन भएर नआएसम्म मन्त्रालयको सङ्ख्या नबढ्ने उल्लेख गरे । उनले प्रदेशमा भएका सबै जातिको मौलिकता संरक्षणका लागि प्रदेशस्तरीय सङ्ग्रहालय निर्माण गर्ने सोचमा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण