आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

म्याग्दीमा जिप दुर्घटना, १ जनाको मृत्यु

सोमबार, ०९ माघ २०७९, १५ : ०३
सोमबार, ०९ माघ २०७९

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका– २ काफलगौरमा आज दिउँसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नं को बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

प्रहरी निरीक्षक राजन ढकालले मङ्गला–१ की ६० वर्षीया फौमाया गर्बुजाको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको जानकारी दिए । उनका अनुसार घाइते मङ्गला–२ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी कसी र पाँच वर्षीया रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको छ । 

मङ्गला–१ की १५ वर्षीया बबिना परियार उपचारपछि घर पठाइएको छ भने मङ्गला–२ की २२ वर्षीया विपना कार्की, मङ्गला–१ का ३८ वर्षीय तेजबहादुर गर्बुजा, मङ्गला- २ का ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।  ओरालो सडकमा जिप पल्टिएर दुर्घटना भएको थियो । जिप चालकलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको प्रहरी निरीक्षक ढकालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप