ट्याक्सीमा छुटेको १ लाख नगदसहितका सामान सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौँ । काठमाडौँको ठमेल देखि बौद्धसम्म यात्रा गर्ने क्रममा आइतबार दिउँसो ट्याक्सीमा छुटेको नगद १ लाख सहित विभिन्न धनमाल रहेको झोला ट्राफिक प्रहरीले खोजतलास गरी धनीलाई बुझाएको छ । सवारी साधनमा छुटेको सामान खोजतलास गरी सोमबार ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई बुझाएको हो ।
आइतबार दिउँसो ३ बजे, ठमेलबाट बौद्धसम्म जाने क्रममा बा १ ज ५८३ नम्बरको ट्याक्सीमा साङ्गे डोल्मा लामाको एक लाख नगद सहित महत्त्वपूर्ण सामान रहेको झोला छुटेको थियो ।धनीले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा दिएको निवेदनका आधारमा सिसिटिभी फुटेजको सहायताबाट खोजतलास गरी सामान फेला पारेर सम्बन्धित धनीलाई बुझाएको हो ।
चालु आर्थिक वर्षमा उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखामा सवारी साधनमा सामान छुटेको भनी २ सय ६४ ओटा निवेदन परेका थिए । जसमध्ये १ सय ९५ जनाको अन्दाजी १ करोड १९ लाख ४२ हजार बराबरको सामान खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित व्यक्तिहरूलाई बुझाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण