मणिवाला सर्प भन्दै ठगी गरेको अभियोगमा पक्राउ
मङ्गलबार, १० माघ २०७९, १२ : २३

दाङ । मणिवाला सर्प भन्दै करिब १ तोला सुनको गरगहना र नगद १ हजार रुपैयाँ ठगी गरेको अभियोगमा सुनसरी रामधुनी नगरपालिका-३ बस्ने ३५ वर्षीय मोहमद सलमानलाई प्रहरीले पक्राउ गरेको छ ।
दाङको लमही नगरपालिका-९ जलकुम्भीबाट उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । राप्ती सोनारी गाउँपालिकाकी एक महिलालाई सलमानले मणिवाला सर्प हो भनी लोभलालच देखाई उक्त धनमाल ठगी गरेको खुल्न आएपछि पीडितका आफन्तको सहयोगमा ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले हाल फरार सलमानसँग आएका अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह
-
‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ आगामी साउन २ र ३ मा
-
सशस्त्र प्रहरीले मधेस प्रदेशमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै
-
विद्या भण्डारीलाई चीनले दिएको ‘उच्च’ सम्मानले एमाले उत्साहित
-
कोशी प्रदेशलाई दिने अनुदान रकम निरन्तर घट्दो
-
२७ विधामा बाँडियो नेपाल म्युजिक एन्ड फेसन अवार्ड