आलमले फिक्सिङ अफर गरेको अडियो बरामद
काठमाडौं । नेपाल टी–ट्वान्टी लिगमा मेहबुव आलमले खेलाडीहरुलाई स्पट फिक्सिङको अफर गरेको अडियो प्रहरीले बरामद गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनले स्पट फिक्सिङको अफर गरेको अडियो बरामद गरेको हो ।
उनले खेडालीलाई स्पट फिक्सिङ गर्दा ६ देखि ८ लाख आउँछ भन्दै अफर गरेको अडियो बरामद गरेको सीआईबीका एक अधिकारीले बताए ।
‘आलमले खेलाडीलाई म्यासेज र फोनबाट अफर गरेका थिए । एक खेलाडीलाई ६ देखि ८ लाखसम्म आउँछ भनेर अफर गरेको अडियो बरामद भएको छ,’ उनले रातोपाटीसँगको कुराकानीमा भने ।
उनले दुई खेलाडीलाई अफर गरेको सीआईबीले बताएको छ । सीआईबीले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै स्पट फिक्सिङको विषयमा जानकारी दिएको थियो ।
स्पट फिक्सिङ गरेको आरोपमा पूर्व राष्ट्रिय खेलाडी आलम र राष्ट्रिय खेलाडी आदिल अन्सारीलाई पाँच दिनको समय थप गरेर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण