क्रोएसिया पठाउने नाममा ८ लाख ठगी
बुधबार, ११ माघ २०७९, १० : ५३

काठमाडौँ । क्रोएसिया पठाउँछु भनेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको मधुमल्ला घर भएर काठमाडौँ स्थित सिनामंगल बस्ने साहिल बस्नेत रहेका छन् ।
२९ वर्षीय बस्नेतलाई ठगी गरेको आरोपमा सिनामंगलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।
क्रोएसियामा प्रतिष्ठित फुड प्याकिङ कम्पनीमा जागिर मिलाइदिन्छु भनेर उनले विभिन्न व्यक्तिहरूबाट ८ लाख ४० हजार रुपैयाँ ठगेको आरोप छ । आरोपीलाई कारवाहीका लागी वैदेशिक रोजगार विभागमा बुझाएको एसपी कोइरालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ आगामी साउन २ र ३ मा
-
सशस्त्र प्रहरीले मधेस प्रदेशमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै
-
विद्या भण्डारीलाई चीनले दिएको ‘उच्च’ सम्मानले एमाले उत्साहित
-
कोशी प्रदेशलाई दिने अनुदान रकम निरन्तर घट्दो
-
२७ विधामा बाँडियो नेपाल म्युजिक एन्ड फेसन अवार्ड
-
आयोजना निर्माणमा ढिलासुस्ती गर्नेलाई उन्मुक्ति दिँदैनौँ : खानेपानीमन्त्री