शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विश्व हिन्दू परिषदले पठान फिल्मको विरोध नगर्ने

बुधबार, ११ माघ २०७९, ११ : १०
बुधबार, ११ माघ २०७९

शाहरुख खान करिब चार वर्षपछि ठूलो पर्दामा फर्किएका छन् । उनको फिल्म पठान २५ जनवरीमा हलमा रिलिज हुँदैछ । यो चलचित्रको ‘बेशराम रंग’ गीत रिलिज भएसँगै विरोध सुरु भयो । धेरै हिन्दू संगठनले पनि फिल्मको रिलिजको विरोध गर्ने कुरा गरेका थिए ।

तर अब विश्व हिन्दू परिषदले फिल्म बहिष्कार नगर्ने बताएको छ । समाचार एजेन्सी एएनआईका अनुसार विश्व हिन्दू परिषदका प्रवक्ता श्रीराज नायरले भनेका छन्, ‘अहिलेसम्म विएचपीले पठान फिल्मको विरोध गर्दैन । हाम्रो पहिलेको आपत्तिलाई ध्यानमा राख्दै, फिल्ममा गरिएका परिवर्तनहरू सही छन् । फिल्म हेरेपछि केही आपत्तिजनक देखिएमा फिल्मको विरोध गर्नेबारे पुनर्विचार गर्नेछौँ ।’

फिल्मको गीतमा दीपिका पादुकोणको कपडाको रङको विषयमा विवाह सुरु भएको थियो । यसमा मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रा बजरंग दल र विएचपीले आपत्ति जताएको थियो । त्यसपछि सेन्सर बोर्डले फिल्ममा परिवर्तनको निर्देशन दिए जसको आधारमा परिवर्तन गरियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप