विश्व हिन्दू परिषदले पठान फिल्मको विरोध नगर्ने
शाहरुख खान करिब चार वर्षपछि ठूलो पर्दामा फर्किएका छन् । उनको फिल्म पठान २५ जनवरीमा हलमा रिलिज हुँदैछ । यो चलचित्रको ‘बेशराम रंग’ गीत रिलिज भएसँगै विरोध सुरु भयो । धेरै हिन्दू संगठनले पनि फिल्मको रिलिजको विरोध गर्ने कुरा गरेका थिए ।
तर अब विश्व हिन्दू परिषदले फिल्म बहिष्कार नगर्ने बताएको छ । समाचार एजेन्सी एएनआईका अनुसार विश्व हिन्दू परिषदका प्रवक्ता श्रीराज नायरले भनेका छन्, ‘अहिलेसम्म विएचपीले पठान फिल्मको विरोध गर्दैन । हाम्रो पहिलेको आपत्तिलाई ध्यानमा राख्दै, फिल्ममा गरिएका परिवर्तनहरू सही छन् । फिल्म हेरेपछि केही आपत्तिजनक देखिएमा फिल्मको विरोध गर्नेबारे पुनर्विचार गर्नेछौँ ।’
फिल्मको गीतमा दीपिका पादुकोणको कपडाको रङको विषयमा विवाह सुरु भएको थियो । यसमा मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रा बजरंग दल र विएचपीले आपत्ति जताएको थियो । त्यसपछि सेन्सर बोर्डले फिल्ममा परिवर्तनको निर्देशन दिए जसको आधारमा परिवर्तन गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री श्रेष्ठ र प्रचण्डबिच भेटवार्ता
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण