साँझबाट मौसममा क्रमिक सुधार हुने
देशका खासगरी पूर्वी भेगबाहेक अधिकांश क्षेत्रमा बदली हुनका साथै कतिपय स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपात गराएको हो ।
महाशाखाका मौसमविद रोजन लामिछानेका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनीको पहाडी भू–भागमा वर्षा र हिमपात भइरहेको छ । तराईका केही भेग र गण्डकी प्रदेशमा बदली रहेको छ । काठमाडौँ उपत्यकाको आकाशमा हल्का बदली रहेको छ । साँझबाट मौसम क्रमिक रुपमा सुधार हुनेछ ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै भूभागमा हल्का वर्षा हुनका साथै ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
-
‘प्रधानमन्त्रीको कार्यालय हिटलरको ग्यास च्याम्बर जस्तै भयो’
-
सरकारी खाद्यकै गोदाममा लापरबाही, मुसाले खाएर डल्ला परेको चामल नयाँ बोरामा प्याकिङ
-
राष्ट्रियसभामा कांग्रेसले भन्यो– सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गर्यो
-
पेप्सीकोलामा लागेको आगो नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण