नेप्सेमा दोहोरो अंकको वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार
काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यसदिन नेप्से सूचक १०.३७ अंकले बढ्दै २१८३.६२ अंकमा उक्लिएको हो ।
यस्तै दाहोरो अंकले नेप्से बढेको यस दिन कारोबार समेत ३ अर्ब ४६ करोड ६५ लाख रुपैयाँ बराबरको भएको छ ।
आज नेशनल हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी १० करोड १४ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ९ करोड २१ लाख ६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज बैंकिङ फाइनान्स र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् भने विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, लाइभ इन्स्योरेन्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् ।
ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने आज आरबीबी म्युचुअल फण्डको मूल्यमा ५.७० प्रतिशतको गिरावट आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘पेड्डी’ विवादमा जाह्नवीको च्याट लिक
-
यौन उत्पीडनको झुटो आरोप लगाएको स्वीकार गरेपछि अभिनेत्री शिल्पा शिन्दे विवादमा
-
विश्वकपको सङ्घारमा अमेरिका र इरानबिच खेलकुदमा पनि तनाव
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित
-
खाडी मुलुकहरूको पुनर्निर्माणमा इरानी सम्पत्ति प्रयोग गर्न दिने अमेरिकी योजना
-
नेपालगञ्ज र धनगढीको तापक्रम ४० डिग्री पुग्ने, काठमाडौँसहित यी सहरमा वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण