सुनको भाउ तोलाको १ लाख ७ हजार नजिक, चाँदी कति पुग्यो ?
बिहीबार, १२ माघ २०७९, १२ : २६
काठमाडौँ । लगातार उकालो लागेको सुनको भाउ बिहीबार प्रतितोला १ लाख ७ हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा थप ७ सय रुपैयाँले बढ्दै १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको हो ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ७ सय रुपैयाँले नै बढ्दै १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा थप १५ रुपैयाँले वृद्धि हुँदै आज १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद श्रेष्ठको प्रधानमन्त्रीलाई प्रश्न : भारतले मागे के दिनुहुन्छ ?
-
ड्युटीमा फर्किएसँगै महानगर प्रहरीले जथाभावी पार्किङ हटाउन थाल्यो (तस्बिरहरू)
-
बिना तयारी सुकुमबासी बस्ती हटाउँदा ९ जनाको मृत्यु
-
गणेश नेपालीको अग्नि विद्रोह र गोठालो पुँजीवाद
-
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त
-
उपाधि दाबेदार फ्रान्स कसरी बन्यो स्पेनविरुद्ध यति निरीह ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण