राजनीति
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने
शुक्रबार, १३ माघ २०७९, १६ : ०४
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले माघ २३ गतेका लागि उपाध्यक्षको निर्वाचनको मिति तोकेको हो ।
राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले माघ २३ गते बिहान ११:५९ बजेका लागि उपाध्यक्षको निर्वाचनको मिति तोकेका हुन् । उनले उपाध्यक्षको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न संसद् सचिवालयका महासचिव डा. भरत गौतमलाई निर्देशन दिएका छन् ।
राष्ट्रियसभाको अर्को बैठक पनि माघ २३ विहान ११ः५९ मिनेटमा बस्ने छ । गत वर्ष फागुन २० मा शशिकला दाहालको राष्ट्रिय सभा सदस्यको चार वर्षीय कार्यकाल सकिएपछि राष्ट्रिय सभा उपाध्यक्ष पद रिक्त थियो । अब राष्ट्रिय सभाका सदस्यहरूमध्येबाट उपाध्यक्ष चयन हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण