आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रेम प्रसादको आत्मदाह र मृत्यूको घटनाप्रति सञ्जालको ध्यानाकर्षण

शुक्रबार, १३ माघ २०७९, १६ : १९
शुक्रबार, १३ माघ २०७९

काठमाडौं । आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार राष्ट्रिय सञ्जाल नेपालले इलामका प्रेमप्रसाद आचार्यको आत्मदाह र त्यसपछिको मृत्युको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

माघ १० गते नयाँवानेश्वरस्थित संघीय संसद् भवन अगाडि आचार्यको आत्मदाहपश्चात उपचारका क्रममा मृत्यु भएको थियो । सञ्जालले शुक्रबार विज्ञप्ति जारी गर्दै ‘उहाँले आफ्नो सुसाइड नोटमा राज्यका विभिन्न निकाय तथा तहबाट प्रदान गरिएका सेवा सुविधा तथा सहजिकरणका सम्बन्धमा व्यक्त गरेका विचार तथा सो सम्बन्धमा प्रकाशित समाचारप्रति यस सञ्जालसम्बद्ध सबै संघ संस्थाको गम्भीर ध्यानाकर्षण भएको’ भनेको छ ।

सञ्जालले आचार्यले आत्मदाह गर्न बाध्य भएको भनी कारणहरू सार्वजनिक गरेको भन्दै उनले किन आत्मदाह गर्न पुगे भन्ने विषयमा गम्भीर तथा निष्पक्ष तवरबाट अनुसन्धान गरीनुपर्ने पनि बताएको छ । ‘यस घटनाले नागरिकप्रति राज्यका निकाय तथा प्रतिनिधिहरू जनमैत्री र जनभावना सङ्गत नभएको सङ्केत गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी  सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा.न.२ का ४५ बर्षिय रामदेव मरिकले आत्महत्या गरेको विषयमा समेत सरकारको ध्यनाकर्षण गराउदै आचार्य र मरिकको परिवारलाई राहत दिन तथा आश्रित बालबालिकाको संरक्षणको प्रत्याभूतिका लागि आवश्यक पहल गर्न गराउनुपर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप