शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ

शनिबार, १४ माघ २०७९, १६ : २६
शनिबार, १४ माघ २०७९

संखुवासभा । संखुवासभामा एक युवकले आफ्नै बुवाको हत्या गरेका छन् ।  भोटखोला गाउँपालिका-५ लुङसुङ बस्ने ७३ वर्षीय गोठे राईको हत्या गरेको अभियोगमा उनको छोरा २८ वर्षीय प्रेमकुमार राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

घरायसी वादविवादमा प्रेमकुमारले लाठी प्रहार गरी कुटपिट गर्दा गम्भीर घाइते भएका गोठेको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा शनिबार बिहान बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी स्याक्सिलागोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप