धनकुटा महोत्सवको भीडमा च्यापिएर दर्जन बढी घाइते, ३ जना गम्भीर

धनकुटा । धनकुटामा चलिरहेको महोत्सवमा अत्याधिक भीड बढेपछि च्यापिएर एक दर्जनभन्दा बढी घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले मेलामा अत्याधिक भीड भएपछि उक्त घटना भएको जानकारी दिए ।
‘३/४ जना मानिस घाइते भएको कुरा आएको छ,’ ज्ञवालीले भने, ‘केही गम्भीर छन्, उनीहरुलाई धनकुटा अस्पताल लगिएको छ ।’ धनकुटा उद्योग वाणिज्य महासंघको आयोजनामा प्रादेशिक औद्योगिक व्यपार मेला तथा ५ औं धनकुटा महोत्सव चलिरहेको थियो । उक्त महोत्सवमा आज गायक प्रमोद खरेलको प्रस्तुति रहने कार्यक्रम थियो । धनकुटाको तल्लो टुँडिखेलमा आयोजित कार्यक्रममा मान्छेको अत्याधिक भीड लागेको थियो ।
यसैबीच पूर्व प्रदेश सांसद कुशुमकुमारी श्रेष्ठका अनुसार टुँडिखेलमा छिर्नका लागि ठेलमठेल भएपछि ढोकामा च्यापिएर महिला र बालबालिका घाइते भएका हुन् । घाइतेमध्ये कतिपयलाई धरानस्थित विपी कोइराला प्रतिष्ठानमा उपचारका लागि लगिएको र कतिपयलाई धनकुटा अस्पतालमै उपचार भइरहेको छ ।
मेला गत माघ ६ गते उद्घाटन भएको थियो । उक्त मेला १६ गतेसम्म सञ्चालन गर्ने तयारी थियो । मेलामा सहभागी सरिता बराइलीका अनुसार केही मानिसको अवस्था गम्भीर रहेको आफूले देखेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
-
बङ्गलामुखीको बार आज कुन राशिलाई कति लाभ ?
-
गण्डकीको बर्खे अधिवेशन जेठ ११ देखि
-
वित्तीय जोखिम मूल्याङ्कनको रेड जोन माछापुच्छ्रेमा सबैभन्दा कम बेरुजु
-
चार वायुको प्रभाव नेपालमा, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
एसी मिलानलाई हराउँदै बोलाग्नाले उचाल्यो कोपा इटालियाको उपाधि