धनकुटा महोत्सवको भीडमा च्यापिएर दर्जन बढी घाइते, ३ जना गम्भीर
धनकुटा । धनकुटामा चलिरहेको महोत्सवमा अत्याधिक भीड बढेपछि च्यापिएर एक दर्जनभन्दा बढी घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले मेलामा अत्याधिक भीड भएपछि उक्त घटना भएको जानकारी दिए ।
‘३/४ जना मानिस घाइते भएको कुरा आएको छ,’ ज्ञवालीले भने, ‘केही गम्भीर छन्, उनीहरुलाई धनकुटा अस्पताल लगिएको छ ।’ धनकुटा उद्योग वाणिज्य महासंघको आयोजनामा प्रादेशिक औद्योगिक व्यपार मेला तथा ५ औं धनकुटा महोत्सव चलिरहेको थियो । उक्त महोत्सवमा आज गायक प्रमोद खरेलको प्रस्तुति रहने कार्यक्रम थियो । धनकुटाको तल्लो टुँडिखेलमा आयोजित कार्यक्रममा मान्छेको अत्याधिक भीड लागेको थियो ।
यसैबीच पूर्व प्रदेश सांसद कुशुमकुमारी श्रेष्ठका अनुसार टुँडिखेलमा छिर्नका लागि ठेलमठेल भएपछि ढोकामा च्यापिएर महिला र बालबालिका घाइते भएका हुन् । घाइतेमध्ये कतिपयलाई धरानस्थित विपी कोइराला प्रतिष्ठानमा उपचारका लागि लगिएको र कतिपयलाई धनकुटा अस्पतालमै उपचार भइरहेको छ ।
मेला गत माघ ६ गते उद्घाटन भएको थियो । उक्त मेला १६ गतेसम्म सञ्चालन गर्ने तयारी थियो । मेलामा सहभागी सरिता बराइलीका अनुसार केही मानिसको अवस्था गम्भीर रहेको आफूले देखेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण