धनकुटा महोत्सवको भीडमा च्यापिएर दर्जनौँ मानिस घाइते भएको आशङ्का

विराटनगर । धनकुटामा चलिरहेको महोत्सवमा अत्यधिक भीड बढेपछि च्यापिएर दर्जनौँ मानिस घाइते भएको आशङ्का गरिएको छ । उद्धारमा खटिएका धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले आफू उद्धारमा व्यस्त रहेको हुँदा घाइतेको सङ्ख्या यकिन नभएको बताए ।
आज महोत्सवमा गायक प्रमोद खरेलले प्रस्तुति दिने कार्यक्रम थियो । महोत्सवमा दर्जनौँ मानिसहरू घाइते भएको हुनसक्ने धनकुटाका सञ्चारकर्मी ईश्वर थापाले जानकारी दिए । आफूले एक दर्जन बढी एम्बुलेन्सबाट मानिसहरू उपचारका लागि ओसारिरहेको देखेको उनले बताए । कम्तिमा तीन जनाको अवस्था भने गम्भीर रहेको महोत्सवमा सहभागी सरिता बराइलीको भनाइ छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले मेलामा अत्यधिक भीड भएपछि उक्त घटना भएको जानकारी दिए । उक्त महोत्सवमा आज गायक प्रमोद खरेलको प्रस्तुति रहने कार्यक्रम थियो । धनकुटाको तल्लो टुँडिखेलमा आयोजित कार्यक्रममा मान्छेको अत्यधिक भीड लागेको थियो ।
यसैबीच पूर्व प्रदेश सांसद कुसुमकुमारी श्रेष्ठका अनुसार टुँडिखेलमा छिर्नका लागि ठेलमठेल भएपछि ढोकामा च्यापिएर महिला र बालबालिका घाइते भएका हुन् । घाइतेमध्ये कतिपयलाई धरानस्थित विपी कोइराला प्रतिष्ठानमा उपचारका लागि लगिएको र कतिपयलाई धनकुटा अस्पतालमै उपचार भइरहेको छ ।
मेला गत माघ ६ गते उद्घाटन भएको थियो । उक्त मेला १६ गतेसम्म सञ्चालन गर्ने तयारी थियो । मेलामा सहभागी सरिता बराइलीका अनुसार केही मानिसको अवस्था गम्भीर रहेको आफूले देखेको बताइन् । धेरै सङ्ख्यामा मानिसहरू घाइते भएसँगै महोत्सव स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप : विजेतालाई ५० र उपविजेतालाई ३० करोड नगद पुरस्कार
-
'सगरमाथा संवाद' उद्घाटन (लाइभ)
-
परापूर्वकालदेखि नै राज्य निर्माणमा मुस्लिम समुदायको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति
-
चेतना अभावले गम्भीर बन्दै ‘डोपिङ’ समस्या, न नीति छ, न पर्याप्त बजेट
-
नेपाली खेलकुदमा डोपिङसम्बन्धी चेतना अभाव छ
-
खेल हङ्कङ र बहराइनबिच, नतिजाको प्रतीक्षामा नेपाल