धनकुटा महोत्सवको भीडमा च्यापिएर १३ जना घाइते, दुईको अवस्था गम्भीर
विराटनगर । धनकुटामा चलिरहेको महोत्सवमा अत्यधिक भीड बढेपछि च्यापिएर कम्तिमा १३ जना मानिस घाइते भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईका अनुसार घटनामा दुई जना गम्भीर घाइते रहेका छन् । उनीहरुलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
आज महोत्सवमा गायक प्रमोद खरेलले प्रस्तुति दिने कार्यक्रम थियो । खरेल आउने भएपछि धनकुटाको तल्लो टुँडिखेलमा आयोजित कार्यक्रममा मान्छेको अत्यधिक भीड लागेको थियो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले मेलामा अत्यधिक भीड भएपछि नै उक्त घटना भएको जानकारी दिए ।
पूर्व प्रदेश सांसद कुसुमकुमारी श्रेष्ठका अनुसार टुँडिखेलमा छिर्नका लागि ठेलमठेल भएपछि ढोकामा च्यापिएर मानिसहरु घाइते भएका हुन् । उनका अनुसार घाइते हुनेमा महिला र बालबालिका पनि रहेका छन् । गम्भीर घाइते बाहेकको धनकुटा अस्पतालमै उपचार भइरहेको छ । मेला गत माघ ६ गते उद्घाटन भएको थियो । उक्त मेला १६ गतेसम्म सञ्चालन गर्ने तयारी थियो । धेरै सङ्ख्यामा मानिसहरू घाइते भएसँगै महोत्सव स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’