समाजवादी विद्यार्थी युनियनले बुझायो प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र
शनिबार, १४ माघ २०७९, २२ : २३

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल निकट विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत गर्नुपर्ने माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षणपत्र बुझाएको छ । शनिबार समाजवादी विद्यार्थी युनियनका प्रतिनिधिहरुको टोलीले प्रधानमन्त्रीलाई भेटी ध्यानाकर्षण पत्र बुझाएको हो ।
‘हाम्रो संगठन र त्रिवि बीचमा भएको सहमति अनुसार पूर्ण समानपातिक निर्वाचन प्रणालीमार्फत तोकिएकै मितिमा निर्वाचन गराउनका लागि त्रिवि कुलपति समेत रहनुभएका सम्माननीय प्रधानमन्त्री समक्ष ध्यानाकर्षण सहित जोडदार माग गर्दछौं,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
संगठनले स्वतन्त्र विद्यार्थी यनियनको निर्वाचन गराउन त्रिविले देखाएको सक्रियतालाई सकारात्मक रुपमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुपथ मूल्यका औषधी तीन वटै तहमा उपलब्ध गराउनका लागि सहजीकरण समिति गठन
-
शान्तिपूर्ण आन्दोलन भड्काउने काम नहोस् : कमल थापा
-
राति १० बजेपछि होटल रेष्टुरेन्ट बन्द गराएको भन्दै सीडीओलाई व्यवसायीको ज्ञापनपत्र
-
‘राति मुसा समाउने, बिहान पूजापाठ गर्ने अभिनय राजनीतिमा सुरु भयो’
-
कलाकारलाई प्रधानमन्त्रीकाे प्रश्न : दार्जलिङको रेलमा गीत बनाउनुहुन्छ, जनकपुरको किन नदेखेको ?
-
टर्कीमा हुने रुस–युक्रेनबिचको वार्तामा सहभागी हुने सोचमा छन् ट्रम्प