समाजवादी विद्यार्थी युनियनले बुझायो प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र
शनिबार, १४ माघ २०७९, २२ : २३
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल निकट विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत गर्नुपर्ने माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षणपत्र बुझाएको छ । शनिबार समाजवादी विद्यार्थी युनियनका प्रतिनिधिहरुको टोलीले प्रधानमन्त्रीलाई भेटी ध्यानाकर्षण पत्र बुझाएको हो ।
‘हाम्रो संगठन र त्रिवि बीचमा भएको सहमति अनुसार पूर्ण समानपातिक निर्वाचन प्रणालीमार्फत तोकिएकै मितिमा निर्वाचन गराउनका लागि त्रिवि कुलपति समेत रहनुभएका सम्माननीय प्रधानमन्त्री समक्ष ध्यानाकर्षण सहित जोडदार माग गर्दछौं,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
संगठनले स्वतन्त्र विद्यार्थी यनियनको निर्वाचन गराउन त्रिविले देखाएको सक्रियतालाई सकारात्मक रुपमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण