बार्सिलोनाको जितमा पेड्रीको निर्णायक गोल
आइतबार, १५ माघ २०७९, ०८ : १७
काठमाडौं । पेड्रीको निर्णायक गोलमा स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई १–० गोल अन्तरले हराएको हो ।
जिरोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन पेड्रीले निर्णायक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा गोल गरेको थियो ।
पेड्रीले खेलको ६१ औं मिनेटमा गोल गर्दै टिमलाई १–० गोल अन्तरले जित दिलाए । जितसँगै बार्सिलोनाले १८ खेलमा ४७ अंक जोडर शीर्ष स्थानमा छ । पराजित जिरोना २१ अंक जोडेर तालिकाको १२ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण