बार्सिलोनाको जितमा पेड्रीको निर्णायक गोल
आइतबार, १५ माघ २०७९, ०८ : १७

काठमाडौं । पेड्रीको निर्णायक गोलमा स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई १–० गोल अन्तरले हराएको हो ।
जिरोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन पेड्रीले निर्णायक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा गोल गरेको थियो ।
पेड्रीले खेलको ६१ औं मिनेटमा गोल गर्दै टिमलाई १–० गोल अन्तरले जित दिलाए । जितसँगै बार्सिलोनाले १८ खेलमा ४७ अंक जोडर शीर्ष स्थानमा छ । पराजित जिरोना २१ अंक जोडेर तालिकाको १२ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा