एक महिनामा ३८ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । वैदेशिक रोजगारीका लागि एक महिनामा झन्डै ३९ हजार नेपाली बाहिरिएका छन् । पुस महिनामा मात्र ३८ हजार ८६४ जना नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएका हुन् ।
वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार संस्थागत श्रम स्वीकृति लिएर ३२ हजार ५९७ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै ५ हजार १०२ जना व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । त्यसरी वैदेशिक रोजगारीमा जानेमा ३५ हजार १७५ पुरुष र ३ हजार ६८९ महिला रहेका छन् ।
पुस महिनामा १ हजार १६५ जना ‘जी टु जी’ मार्फत दक्षिण कोरिया गएका छन् । पुस महिनामा सबैभन्दा बढी मलेसिया गएका छन् । मलेसियामा १६ हजार ७५५ जना गएका छन् । त्यसपछि साउदी अरबमा ६ हजार २३५, युएईमा ४ हजार ५४३, कतारमा २ हजार ५०६, कुवेतमा २ हजार ७८९, दक्षिण कोरियामा १ हजार २०७ जना गएका छन् । त्यस्तै १८५ जना बेलायत समेत पुगेका छन् ।
त्यो अवधिमा ६५ हजार ४६४ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । सम्बन्धित देशबाट नै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्था छ । जसले गर्दा नेपाल आएर पुनः श्रम स्वीकृति गरियो वा विदेशबाटै श्रम स्वीकृति गरियो भन्ने जानकारी भने विभागले राख्न सकेको छैन ।
चालु आर्थिक वर्षको ६ महिनामा २ लाख ३३ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।
पुस महिनामा वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा बढी धनुषा जिल्लाका रहेका छन् । धनुषाबाट १ हजार ४६६ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यसपछि झापाबाट १ हजार ४४० जना, मोरङबाट १ हजार २७७, सर्लाहीबाट १ हजार २७२, सिराहाबाट १ हजार १३० जना वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कले देखाएको छ ।
६ महिनामा २ लाख ३३ हजार नेपाली विदेशिए
चालु आर्थिक वर्षको ६ महिनामा २ लाख ३३ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा २ लाख ३३ हजार ३०३ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।
त्यो अवधिमा ४ लाख १४ हजार ५४६ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । मङ्सिर महिनामा ४० हजार ४४ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा ३५ हजार ९२८ जना पुरुष र ४ हजार ११६ महिला थिए । मङ्सिर मा ६८ हजार ५६४ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।
त्यस्तै कात्तिकमा ४८ हजार ८०३ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा ४३ हजार ८७९ पुरुष र ४ हजार ९२४ जना महिला थिए । भने ७८ हजार ३७० जनाले पुनः श्रम स्वीकृति लिएका थिए । असोजमा ४४ हजार ३४ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा ४० हजार ९७ जना पुरुष र ३ हजार ९३७ जना महिला थिए । भने ६२ हजार ७०६ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।
भदौमा सबैभन्दा बढी ५७ हजार ६९३ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा ५१ हजार ५७३ जना पुरुष र ६ हजार १२० जना महिला थिए । त्यो अवधिमा ७६ हजार ४०३ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । साउनमा ४२ हजार ७२९ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा ३८ हजार २०० पुरुष र ४ हजार ५२९ महिला थिए । त्यो अवधिमा ६३ हजार ३९ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।
अघिल्लो आर्थिक वर्षको ६ महिनामा १ लाख ६६ हजार ८२४ जनाले श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष २०७८÷०७९ को पुसमा ३५ हजार ९९३, मङ्सिर मा ३४ हजार ४९७, कात्तिकमा ३० हजार १८, असोजमा २७ हजार ८२४, भदौमा २४ हजार ६९२, साउनमा १३ हजार ८०० जनाले श्रम स्वीकृति लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण