नेप्सेमा १४ अंकको गिरावट, ३ अर्ब बढीको कारोबार
आइतबार, १५ माघ २०७९, १५ : १३
काठमाडौँ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १४ अंकको गिरावट आएको छ । १४ अंकले घटेसँगै परिसूचक २१ सय ६८ अंकमा आएर रोकिएको छ ।
परिसूचक घटेपनि आज ४८ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ । यस्तै, १६१ वटा कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको सेयर मूल्य स्थिर कायम छ । बजार घटेपनि आज ३ अर्ब १ करोड ७० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
परिसूचक १४ अंकले घट्दा आज होटल र टुरिजम समूहमा ६.८८ अंक र जीवन बीमा समूहमा ३७.९६ अंक सुधार आएको छ । यसबाहेक, आज कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ । सबैभन्दा धेरै गिरावट विकास बैंक समूहमा आएको छ । आज यो समूह ६१ अंकले घटेको छ भने वित्त समूह ३७ अंकले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित २ जना नियन्त्रणमा
-
फिल्म ‘पेड्डी’ विवादमा जाह्नवीको च्याट लिक
-
यौन उत्पीडनको झुटो आरोप लगाएको स्वीकार गरेपछि अभिनेत्री शिल्पा शिन्दे विवादमा
-
विश्वकपको सङ्घारमा अमेरिका र इरानबिच खेलकुदमा पनि तनाव
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित
-
खाडी मुलुकहरूको पुनर्निर्माणमा इरानी सम्पत्ति प्रयोग गर्न दिने अमेरिकी योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण