नेप्सेमा १४ अंकको गिरावट, ३ अर्ब बढीको कारोबार
आइतबार, १५ माघ २०७९, १५ : १३

काठमाडौँ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १४ अंकको गिरावट आएको छ । १४ अंकले घटेसँगै परिसूचक २१ सय ६८ अंकमा आएर रोकिएको छ ।
परिसूचक घटेपनि आज ४८ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ । यस्तै, १६१ वटा कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको सेयर मूल्य स्थिर कायम छ । बजार घटेपनि आज ३ अर्ब १ करोड ७० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
परिसूचक १४ अंकले घट्दा आज होटल र टुरिजम समूहमा ६.८८ अंक र जीवन बीमा समूहमा ३७.९६ अंक सुधार आएको छ । यसबाहेक, आज कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ । सबैभन्दा धेरै गिरावट विकास बैंक समूहमा आएको छ । आज यो समूह ६१ अंकले घटेको छ भने वित्त समूह ३७ अंकले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारबारे उपेन्द्र : भाषणमा आलोचना, वास्तविकतामा समर्थन
-
उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
-
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अद्यावधिक गर्ने निर्णय
-
विमानस्थलमा भैँसी आतङ्कबारे के भन्यो प्राधिकरणले ?
-
सरकारको बेरुजु ७३३ अर्ब नाघ्यो, एकैवर्ष थपियो ६३ अर्ब २८ करोड थप
-
छायाँंछवी डि सिने अवार्ड : कसलाई कुन उपाधि ?