बक्सर सुष्मा सम्मानित
काठमाडौं । थाइल्याण्डमा सम्पन्न एएसबीसी एशियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी नेपाली बक्सर सुष्मा तामाङलाई आइतबार ओलम्पियन शिरिष गुरुङको फाउण्डेसनले नगदसहित सम्मान गरेको छ ।
फाउण्डेसनले आइतबार एक कार्यक्रमको आयोजना गरेर बक्सर सुष्मा तामाङलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।
फाउण्डेसनका तर्फबाट कोषाध्यक्ष सपना गुरुङले सुस्मालाई चेक हस्तान्तरण गरिन् । एशियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगिता एएसबीसी एशियन यु–२२ अन्तर्गत महिला ४८ केजी तौल समूहमा नेपालकी बक्स सुष्माले रजत पदक जितेकी थिइन् ।
सुष्मा गत बुधवार सम्पन्न फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग अंकका आधारमा ५–० ले पराजित हुँदा रजत पदक हात लागेको थियो । एशियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगितामा नेपालले रजत जितेको यो पहिलो पटक हो । नेपाललाई पदक दिलाउन सफल बक्सर सुष्माले राम्रो अभ्यास र अनुभवले पदक जित्न सफल भएको र प्राप्त पदकले आगामी दिनमा अझै राम्रो गर्न हौसला मिलेको बताइन् ।
प्रतियोगितामा नेपालबाट समान तीन महिला तथा पुरुष खोलाडीको सहभागिता थियो । यसैगरी महिलातर्फ नै ५७ केजी तौल समूहमा हेमा राई मंगोलियाकी बटुर जोल्जार्गल र ७५ केजी तौल समूहमा त्रिशा जवेगु काजकिस्तानकी एरजन गुल्सायसँग सेमिफाइनलमा पराजित हुँदै कांस्य पदक जितेकी थिइन् । यस्तै पुरुषतर्फ ८६ केजी तौल समूहमा विजय बाटाले पनि सेमिमफाइनलमा इन्डोनेसियन मुक्केबाज मोसकिता माइकलसँग पराजित हुँदै कांस्य पदक जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण