पूर्व-पश्चिम राजमार्गमा वयस्क हरिण मृत फेला
आइतबार, १५ माघ २०७९, १९ : ३०
बारा । पूर्व-पश्चिम महेन्द्र राजमार्गको ५ किलोमा वयस्क भाले हरिण मृत फेला परेको छ । डिभिजन वन कार्यालय बाराको टोलीले हरिणलाई मृत फेला परेको हो ।
डिभिजन वन कार्यालय बाराका सहायक वन अधिकृत ललन राउत कुर्मीले राजमार्गमा तीव्र गतिमा गुडेको गाडीले हरिणलाई ठक्कर दिएर भागेको बताए ।
‘शनिबार राती राजमार्गमा तीव्र गतिमा गुडेको गाडीले हानेको हो । तर कुन गाडीले हानेको हो पहिचान खुल्न सकेको छैन । हामीले भेट्दा हरिण मरिसकेको थियो,’ सहायक वन अधिकृत राउतले भने । मृत भाले हरिण करिब ८ वर्षको भएको वन कार्यालयले जनाएको छ ।
पूर्व-पश्चिम राजमार्गको अम्लेखगञ्ज–तामागढी सडकखण्डको करिब २५ किलोमिटर क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्र पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण