मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व-पश्चिम राजमार्गमा वयस्क हरिण मृत फेला

आइतबार, १५ माघ २०७९, १९ : ३०
आइतबार, १५ माघ २०७९

बारा । पूर्व-पश्चिम महेन्द्र राजमार्गको ५ किलोमा वयस्क भाले हरिण मृत फेला परेको छ । डिभिजन वन कार्यालय बाराको टोलीले हरिणलाई मृत फेला परेको हो । 

डिभिजन वन कार्यालय बाराका सहायक वन अधिकृत ललन राउत कुर्मीले राजमार्गमा तीव्र गतिमा गुडेको गाडीले हरिणलाई ठक्कर दिएर भागेको बताए ।

‘शनिबार राती राजमार्गमा तीव्र गतिमा गुडेको  गाडीले हानेको हो । तर कुन गाडीले हानेको हो पहिचान खुल्न सकेको छैन । हामीले भेट्दा हरिण मरिसकेको थियो,’ सहायक वन अधिकृत राउतले भने । मृत भाले हरिण करिब ८ वर्षको भएको वन कार्यालयले जनाएको छ । 

पूर्व-पश्चिम राजमार्गको अम्लेखगञ्ज–तामागढी सडकखण्डको करिब २५ किलोमिटर क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्र पर्दछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप