शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

राष्ट्रपति निर्वाचनको मिति तोक्न आयोगलाई दबाब

सोमबार, १६ माघ २०७९, ०५ : ५७
सोमबार, १६ माघ २०७९

राष्ट्रपति निर्वाचनको मिति फागुन २९ अघि तोक्न निर्वाचन आयोगलाई दबाब पर्दै गएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षको पदावधि यही फागुन २९ गते सकिँदैछ। संविधानको धारा ६३ अनुसार राष्ट्रपतिको पदावधि सकिनु एक महिनाअघि निर्वाचन गराउनुपर्ने हुन्छ । 

राष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ मा भने कार्यकाल सकिनुभन्दा एक महिनाअघि राष्ट्रपतिको चुनाव हुने गरी मिति तोक्ने भनिएको छ । उक्त कानुनमा निर्वाचन परिणाम आएपछि राष्ट्रपति निर्वाचित भएको मानिने पनि उल्लेख छ । ऐनअनुसार राष्ट्रपति निर्वाचित भइसकेपछि पनि पुरानो राष्ट्रपतिको कार्यभार कायमै रहने भएकाले समस्या देखिएको हो। राष्ट्रपति निर्वाचनका सम्बन्धमा संवैधानिक र कानुनी विवाद बढ्दै गएपछि राष्ट्रपति निर्वाचनको मिति तोक्ने विषयमा अन्योल छाएपछि सार्वजनिक रूपमा टीकाटिप्पणी भइरहेको छ । 

यस स्थितिमा राष्ट्रपतिको निर्वाचनको मिति तोक्ने विषयमा राजनीतिक दल र तिनका नेताहरूले सार्वजनिक रूपमा अभिव्यक्ति दिने क्रम बढ्दै गएको छ । यसैबीच नेपाली कांग्रेसले फागुन २८ अघि नै राष्ट्रपति निर्वाचन गर्न निर्वाचन आयोगसँग माग गरेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप