लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य
काठमाडौँ । नेपाली बजारमा लगातार दोस्रो दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार पनि सुनको मूल्य उकालो लागेको हो । हिजो आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो । यस्तै, आज ३०० रुपैयाँले बढेको हो ।
यससँगै, नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ६हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ५०० रुपैयाँ कायम थियो । गत साताको शुक्रबारको तुलनामा हिजो आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो ।
यस्तै, आज चाँदीको मूल्य स्थिर छ । महासंघका अनुसार हिजोकै मूल्यमा आज कारोबार भइरहेको छ । हिजो नेपाली बजारमा चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दिन संसद् बैठकमा उपस्थितिमा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण