बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य

सोमबार, १६ माघ २०७९, १० : ४४
सोमबार, १६ माघ २०७९

काठमाडौँ । नेपाली बजारमा लगातार दोस्रो दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार पनि सुनको मूल्य उकालो लागेको हो । हिजो आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो । यस्तै, आज ३०० रुपैयाँले बढेको हो ।

यससँगै, नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ६हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ५०० रुपैयाँ कायम थियो । गत साताको शुक्रबारको तुलनामा हिजो आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य स्थिर छ । महासंघका अनुसार हिजोकै मूल्यमा आज कारोबार भइरहेको छ । हिजो नेपाली बजारमा चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप