सहिदको सम्मानमा अब बलिदान होइन, योगदान गरौँः मेयर बालेन्द्र साह
काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बलिदान नभइ देशका लागि योगदान गर्नेतर्फ पाइला अग्रसर हुनुपर्ने बताएका छन् । सोमवार सहिद दिवसको अवसरमा लेनचौरस्थित सहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अमर सहिदहरुको त्याग र बलिदानले नै आज स्वतन्त्र स्वाधिन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रुपमा विश्वसामु परिचित हुन पाएको बताए ।
उनले सहिदहरुले आफ्ना सन्ततिहरुको उज्वल भविष्यको लागि प्राण आहुति गरेको भन्दै अबका दिनमा हरेक नेपालीले बलिदान नभइ देशका लागि योगदान गरेर देखाउनुपर्ने बताए । उनले सहिदहरुले भावि सन्ततिका लागि सुनौलो सपना देखेर आफ्नो बलिदान दिएकाले सहिदहरुको सपनालाई पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व अहिलेको पुस्ताको भएको बताए ।
उनले भने, ‘अमर सहिदहरुको त्याग र बलिदानले नै आज स्वतन्त्र स्वाधिन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रुपमा विश्वसामु परिचित हुन पाएका छौँ । यो दिनलाई मैले महत्वपूर्ण दिनका रुपमा लिएको छु । सहिदहरुले आफ्ना सन्ततिहरुको उज्वल भविष्यको लागि प्राण आहुति नै गर्नुभयो । हामी सन्ततिहरुका लागि उहाँहरुको सुनौलो सपना थियो । आज सहिदहरुले देख्नुभएको सपना पूरा गर्ने दायित्व र कर्तव्य हामी सबै नेपालीको काँधमा आएको छ । शान्त, समृद्ध र विकसित नेपाल बनाउन सक्यौँ भने मात्र अमर सहिदहरुको आत्माले शान्ति पाउँछ । अमर सहिदहरुको सपना साकार पार्न सबै आफ्नो आफ्नो ठाउँबाट आफ्नो कर्तव्य र दायित्व पूरा गर्न सबै समक्ष यही अनुरोध छ । इतिहासको यस कालखण्डमा अब बलिदान होइन, योगदान गर्नेतर्फ हाम्रा पाइलाहरु अग्रसर हुनुपर्छ ।’
मेयर साहले अमर सहिदहरुको सपना साकार पार्न सबैले आफ्नो आफ्नो ठाउँबाट आफ्नो कर्तव्य र दायित्व पूरा गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण