‘मुन्द्रेको कमेडी क्लब’ का लागि फेरि ‘कि एडभटाइजिङ’ सँग जोडिए जीतु
काठमाडौँ । हास्य कलाकार जीतु नेपालको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ फेरि ‘कि एडभटाइजिङ’ ले नै निर्माण गर्ने भएको छ । शो को बिषयमा जीतु र ‘कि एडभटाइजिङ’ बीच हालै सम्झौता भएको छ । २०७८ कातिकमा जीतुले यो शो एक पत्रकार भेटघाटको कार्यक्रमसहित बन्द गरेका थिए । उक्त समय शो बन्द गर्नुको निर्माण कम्पनी ‘कि एडभर्टाइजिङ’ र कलाकार फूलन्देकी आमा (उमेश राई) रहेको उनले बताएका थिए । अहिले फेरि जीतुले पुन ‘कि एडभर्टाइजिङ’ सँग मिलेर शो ल्याउन लागेको हुन् ।
पहिलेको मनमुटाव अहिले नरहेकोले शोका लागि फेरि ‘कि एडभटाइजिङ’ सँग जोडिएको जीतुले बताए । ‘कि एडभटाइजिङ’ का शशी रिजाल दाई मनको खराब हुनुहुन्न्’ जीतुले भने, ‘तपाइँलाई कार्यक्रम गर्नु छ, मलाई कार्यक्रम देखाएर व्यापार गर्नुछ । मिलेर फेरि गरौ दाजुभाई भन्नुभयो । फेरि हामी जोडियौ ।’ अबको केही सातामा प्रसारण हुने टेलिभिजन समेत टुङ्गो लाग्ने जीतुले सुनाए ।
जीतुको शोको नयाँ सिजनमा अध्यक्ष प्रियंका कार्की रहनेछिन् । यसअघि शोको अध्यक्षमा पहिले दीपाश्री निरौला र त्यसपछि करिश्मा मानन्धर रहेका थिए । अब सुरु हुने शोमा अध्यक्ष मात्र नभएर केही कलाकार समेत नयाँ हुनेछन् । जसमा दमन रुपाखेती, श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ रहेका छन् ।
सुमन गिरी भाञ्जा कार्यक्रम संयोजक रहने शो छिट्टै ल्याउने जीतुको योजना छ । शोका लागि अहिले सेट डिजाइन कार्य भइरहेको जीतुले बताए । शोको निर्देशन दिनेश डिसीले गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण