बेलायतमा साताव्यापी फिल्म महोत्सवको तयारी
लन्डन । बेलायतमा साताव्यापी नेपाली फिल्म महोत्सवको आयोजना गरिने भएको छ । पहिलोपटक आयोजना गरिन लागेको उक्त महोत्सवमा नेपालका दुई दर्जन बढी राष्ट्रिय कलाकारहरुको जमघट हुने भएको छ ।
महोत्सवका लागि नेपालबाट लोकप्रिय कलाकारहरु नीर शाह, भुवन केसी, करिष्मा मानन्धर, स्वस्तिमा खड्का, आँचल शर्मा, रिमा विश्वकर्मा, विल्सनविक्रम राई, अनुपविक्रम शाही, पुष्प खड्का, अनु शाह, कृष्टिना गुरुङ, दिनेश डिसी, मिलन चाम्स, दिपासा बिसी, यश कुमार, विक्रम जोशी, कविता मानन्धर, विन्दु परियार, सन्तोष सेन, राज कटुवाल लगायत दुई दर्जन कलाकार आउने निश्चित भएको थर्ड आइ टिमका संयोजक विकास देवकोटाले जानकारी दिए ।
आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरि आगामी फेब्रुअरी तेश्रो साताको लागि कार्यक्रमको आयोजना गरिएको आयोजक थर्ड आइले जनाएको छ । सो महोत्सवमा लन्डनको मुख्य केन्द्रमा रहेको लेष्टर स्क्वायरमा नेपाली चलचित्र प्रदर्शनी गरिने छ।
प्रकाश फिल्म प्रदर्शनसहित प्रिन्स चार्ल्स थिएटरमा महोत्सवको उद्घाटन १८ फेब्रुअरीमा हुने आयोजक समूहका तर्फबाट ओजेश सिंहले जानकारी दिए । दोश्रो दिन साउथ इष्ट लन्डनको वुलवीचमा फिल्म कैदीको पत्र, तेश्रो दिन स्कटल्याण्डमा चलचित्र झिंगे दाउ, चौंथो दिन नटिङहममा चलचित्र जीवन कांडा कि फूल, २४ फेब्रुअरीमा स्पेशल स्क्रिनिङका रुपमा अल्डरसटमा प्रेम गीत ३ देखाइने सिंहले बताए ।
२५ फेब्रुअरी सांझ अल्डरसटस्थित एम्पायर हलमा नेपालबाट आएका कलाकारहरुको साथमा बेलायतस्थित कलाकारहरुको विशेष ‘परफर्मेन्स’ सहित महोत्सव समापन गरिनेछ । नेपाली फिल्मलाई अन्तरराष्ट्रिय जगतमा चिनाउन यस महोत्सवले थप सहयोग पुग्ने आयोजकको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण